भदौ २४, काठमाडौं । साझासबाल मिडिया प्रा=ली= द्धारा आयोजित अनलाईन प्रशिक्षण कार्यक्रमको उद्घाटन भएको छ । प्रेस काउन्सिल नेपालका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि वोर्ण बहादुर कार्कीले कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा प्रमुख अतिथि कार्कीको साथमा बिशिष्ट अतिथि नेपाल पत्रकार महासंघका अध्यक्ष डा= महेन्द्र बिष्ट र अतिथि जब्स ग्लोबलका सञ्चालक चन्द्रसिंह अदैले कार्यक्रमको महत्व र अनलाइनले समाजमा पार्ने प्रभावबारे प्रकाश पार्नु भएको थियो । साथै कार्यक्रमका सभापति तथा साझासबाल डटकमका सम्पादक अनिल अधिकारीले कार्यक्रमका अतिथिहरुलाई मायाको चिनो दिएर बिदाई गर्नुभयो ।
साथै कार्यक्रममा १७० भन्दा बढी चराचुरुङ्गीका आवाज निकाल्न सक्ने कलाकार रमेश दुलालले उपस्थित अतिथिलाई मुखबाट मादल बजाएर स्वागत गर्नुभएको थियो । साथै कलाकार दुलालले बिभिन्न चराचुरुङ्गीका आवाज निकालेर उपस्थित सबैलाई मनोरञ्जन प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा साझासबाल डटकममा आवद्ध रहेका पत्रकारहरु तथा पत्रकारिता पढ्दै आएका अन्य बिद्यार्थीहरुको पनि उपस्थिती रहेको छ । साझासबाल डटकमका प्रदेश प्रमुख तथा १५ बढी जिल्ला सम्पादकहरु र अन्य बिद्यार्थी गरी ३५ जनाको सहभागिता रहेको यस प्रशिक्षण कार्यक्रम भोली शनिबार सम्म चल्नेछ ।