साउन २२, काठमाडौँ | वेस्ट इन्डिजलाई ५९ रनले पराजित गर्दै भ्रमणकारी टोली भारतले पाँच खेलको शृंखला एक खेल अघिनै ३-१ ले जितेको छ । अन्तिम खेल आज नै हुनेछ । १९२ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज १९.१ ओभरमा मात्र एक सय ३२ रनमा सीमित भयो ।
वेस्ट इन्डिजका लागि निकोलास पुरन र रोभमन पावेलले समान २४ रनको योगदान गरे । भारतका अर्शदिप सिंहले तीन तथा आभेस खान, अक्सर पटेल र रवि विस्नोइले समान दुई विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङका लागि आएको भारतले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १९१ रनको योगफल खडा गरेको थियो । भारतका लागि ऋषभ पन्तले ४४, कप्तान रोहित शर्माले ३३ र सञ्जु सामनसनले अविजित ३० रन जोडे । वेस्ट इन्डिजका ओवेड म्याकोइ र अल्जारी जोसेफले समान दुई तथा एकिल होसेनले एक विकेट लिए ।