पढ्न करिब 1 मिनेट लाग्छ

साउन २२, काठमाडौँ | पूर्वगृहमन्त्री गोविन्दराज जोशी तनहुँ क्षेत्र नम्बर १ बाट चुनाव लड्ने तयारीमा छन्।

नेपाली कांग्रेसले पाँच वर्षका लागि पार्टी साधारण सदस्यसमेत नरहने गरी अनुशासनको कारबाही गरेपछि जोशी कांग्रेस स्वतन्त्र अभियानमार्फत क्रियाशील रहँदै आएका छन्।

२०७४ सालको चुनावमा कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई हराउन भूमिका खेलेको आरोपमा जोशीमाथि अनुशासनको कारबाही कांग्रेसले गरेको थियो। उक्त कारबाही कांग्रेसले फिर्ता लिएको छैन।

जोशीले शनिबार दमौलीमा कांग्रेस स्वतन्त्र अभियानको भेला राखेर मंसिर ४ गते हुने प्रतिनिधि सभा चुनावमा आफू क्षेत्र नम्बर १ मा उम्मेदवार हुने बताएका हुन्।

वैशाखमा भएको स्थानीय चुनावमा ब्यास नगरपालिका मेयरमा उनका छोरा दीपकराज जोशी मेयर उम्मेदवार बनेका थिए। जोशीलाई नेकपा एमालेको समर्थन गरेको थियो। जोशी पराजित भएका थिए।

स्थानीय चुनावमा आएको मतअनुसार अब आफूले चुनाव जित्ने गोविन्दराजको विश्वास छ। तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल उठ्ने तयारीमा छन्। पौडेल र जोशीबीच राजनीतिक सम्बन्ध राम्रो छैन।