2026-09-08 09:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उत्तर कोरियाली सेनाको सहयोग लिँदै पुटिन !

साउन २२, किभ | युक्रेनमाथि हमला गरिरहेको रुसले उत्तर कोरियाको सहयोग लिने बिचार गरिरहेको छ । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले युक्रेन आक्रमण गर्ने आफ्नो योजनामा उत्तर कोरियाली नेता किम जोङ उनको सहयोग लिने प्रयास गरिहेको प्राप्त विवरणमा जनाइएको छ । सहयोगवापत पुटिनले उत्तर कोरियाका १ लाख सेनालाई उर्जा र खाद्यान्न उपलब्ध गराउन इच्छुक रहेको बताइएको छ । 

उत्तर कोरियाले पठाउने फौज रुस समर्थक दोनेत्स्क जन गणतन्त्र (डीपीआर) र लुहान्स्क जनगणतन्त्र (एलपीआर)मा परिचालन गरिने जनाइएको छ । ती दुबै क्षेत्रलाई किमले स्वतन्त्र देशको रूपमा मान्यता दिएका छन् । 

‘उत्तर कोरिया आफ्ना १ लाख सेना दोनबास परिचालन गर्न तयार छ’ क्रेमलिन समर्थक एक न्युज एजेन्सीले लेखेको छ , ‘प्योङयाङले आफ्ना रणनीतिक युनिटलाई दोनबास लैजान सक्नेछ । त्यसको बदलामा उसलाई रुसले खाद्यान्न र उर्जा आपूर्ति गर्नेछ ।  

उत्तरले सहयोग गरे रुसले सहर्ष स्वीकार्ने मस्कोले जनाएको छ । मस्कोका रक्षा विशेषज्ञ कर्नल इगोर कोरोत्चेन्कोले रुसी सरकारी टिभीलाई भने ‘किम जोङ उनले हामीलाई दिएको सहयोग स्वीकार्न लाज मान्नु हुँदैन । 

रुसको नेसनल डिफेन्स जर्नलका सम्पादक कोरोत्चेन्कोले भनेः ’एक लाख उत्तर कोरियाली स्वंयमसेवकहरू द्वन्द्वमा भाग लिन तयार रहेको विवरण सार्वजनिक भएका छन् । ’

तर उनले उत्तर कोरियाली जनता ‘लचक र सीधा’ रहेको भन्दै अगाडि भने,  ‘किम जोङ उनले हामीलाई अगाडि बढाएको हात स्वीकार्न लाज मान्नु हुँदैन । ’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित