2026-09-08 09:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अनलाइनमार्फत दुर्व्यवहार गरेर आत्महत्या गर्न बाध्य पार्ने हल्यान्डका पुरुष दोषी ठहर

साउन १४, ओटाबा | ब्रिटिश कोलम्बियाको एक अदालतले क्यानडेली युवतीलाई अनलाईमार्फत दुर्व्यवहार गरेको आरोपमा एक नेदरल्यान्डका पुरुषलाई दोषी ठहर गरेको छ । दुर्व्यवहारपछि ती क्यानेडेली युवतीले आत्महत्या गरेकी थिइन् ।

अदालतले दोषी ठहर गरेका ४४ वर्षीय आयडिन कोबानविरुद्ध जबरजस्ती असुली, बाल प्रलोभन, बाल पोर्नोग्राफी र उत्पीडन गरेको अभियोग लगाइएको छ ।

त्यतिबेला १५ वर्षकी अमान्डा टोडले सन् २०१२ मा एउटा भिडियो पोस्ट गर्दै कोबानले अनलाईमार्फत यौन दुर्व्यवहार गरेको गुनासो गरेकी थिइन् ।

उक्त भिडियोलाई युट्युवबाट लाखौँ पटक हेरिएको थियो र अनलाईनमार्फत यौन दुर्व्यवहारबारे राष्ट्रिय बहस बढेको थियो । भिडियो अपलोड गरेको पाँच सातापछि उनले आत्महत्या गरेकी थिइन् । इन्टरनेटमार्फत दर्जनौँ महिलालाई ब्ल्याकमेल र दुर्व्यवहार गरेको अभियोगमा कोबनलाई सन् २०१७ मा ११ वर्ष जेल सजाय तोकिएको थियो । उनले बेलायत, क्यानडा र अमेरिका युवतीलाई दुर्व्यवहार गरेका थिए ।  

क्यानडामा सुपुर्दगी गरिएपछि उनीविरुद्ध बाल अश्लील सामग्री वितरण गरेको, जबर्जस्ती पैसा असुली गरेको र मानसिक यातना दिएको आरोप लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित