2026-09-08 05:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिंगापुरबाट थाइल्यान्ड जान सक्छन् गोटावाय राजापाक्षे

साउन २६, बैंकक | एजेन्सी | जनप्रदर्शनका कारण देश छाडेर सिंगापुर भागेका श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे बिहीबार थाइल्यान्ड जाने अनुमान गरिएको छ ।  गत महिना ठूलो प्रदर्शनबीचमा आफ्नो टापु राष्ट्र छोडेपछि राजापाक्षे दोस्रो दक्षिणपूर्वी एसियाली देशमा अस्थायी रूपमा बस्ने अपेक्षा गरिएको छ । 

राजापाक्षे जुलाई ११ मा सिंगापुर भागेका थिए ।  सात दशकपछिकै सबैभन्दा खराब आर्थिक संकटबीच अभूतपूर्व अशान्तिसँगै हजारौँ  प्रदर्शनकारी निवासमा प्रवेश गरेको केही दिनपछि, उनले पदबाट राजीनामा दिएका थिए ।

पूर्वसैन्य अधिकारीसमेत रहेका गोटाबाया बिहीबार सिंगापुरबाट थाइल्याण्डको राजधानी बैंककको यात्रा गर्ने अपेक्षा गरिएको विभिन्न स्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । तर, उनी कति बजे थाइल्यान्ड पुग्छन् भन्ने बारेमा केही खुलाइएको छैन् ।

राजापाक्षेले राजनीतिक शरण लिने कुनै आशय नराखेको र उनी अस्थायी रूपमा बसेको सिंगापुरका अधिकारीहरूले जनाएका छन् । 

‘यो एक मानवीय मुद्दा हो र एक अस्थायी बसाइ हो’, प्रधानमन्त्री प्रयुथ चान–ओचाले सञ्चारकर्मीलाई भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित