2026-06-29 04:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ला लिगाः के बार्सिलोनाले रियल मड्रिडबाट उपाधि खोस्न सक्ला ?

साउन २७, काठमाडौं | गत सिजन दोस्रो स्थानको बार्सिलोनालाई १३ अंकले पछि पार्दै रियल मड्रिड ला लिगाको च्याम्पियन बन्यो । नयाँ योजना साथ रियल मड्रिड फेरि नयाँ सिजन २०२२–२३ सुरु गर्दैछ, त्यो पनि ठूलो आशासहित । सन् २००८ पछि रियल लगातार ला लिगामा च्याम्पियन बन्न चाहन्छ । 

प्रशिक्षक कार्लो एन्सेलोटीले इंग्लिस प्रिमियर क्लब चेल्सीका सेन्ट्रल ब्याक एन्टोनियो रुडिगर र मोनाकोका डिफेन्सिभ मिडफिल्डर औरेलियन टिचौअमेनीलाई भित्राउँदै आफ्नो स्क्वाड बलियो बनाएका छन् । 


एन्सेलोटी इतिहासकै लेजेन्डलाई आफ्नो एघारमा फिल्डिङ गर्न सक्छन् । नयाँ अनुबन्ध भएका र यसअघि राम्रो प्रदर्शन गरेका इडुआर्डाे कामाभिङ्गा, फेड भालभर्डे र रोड्रिगोले यस सिजन झनै आशा देखाएका छन् । कतार विश्वकप अघि यी खेलाडीले खेल्ने प्रसस्त मार्ग हुनुपर्छ । 

विश्वास गरिएका युवा स्टार केलियन एम्बाप्पेलाई अनुबन्ध गर्न असफल भएपछि फेरि एकपटक एकमात्र सेन्ट्र फरवार्डको जिम्मेवारी करिम बेन्जेमाले पाउनेछन् । लुका जोभिक इटालीयन क्लब फ्लोरेन्टिना प्रस्थान गरेका छन् । यस्तै, एन्सेलोटीले मारियानो डियाजलाई केहिल्यै विश्वास गरेनन् । ३५ वर्षीय खेलाडीबाट धेरै गोलको चाहना गर्नु रियलको लागि प्रश्न उठ्न सक्छ । 

चेल्सीबाट रियल आएका क्षमतावान इडेन हाजार्डले अघिल्लो सिजन स्तब्धपूर्ण प्रदर्शन गरे । इन्जुरीका कारण गत सिजन उनले जम्मा ६ गोल गरे । तर, अहिले हाजार्ड फिट भएका छन् । प्रि सिजनमा उत्कृष्ट प्रदर्शन गरेसँगै एन्सेलोटीको प्लानमा बेल्जियम खेलाडी रहेका छन् । 

यता, गत सिजन बार्सिलोनाको लागि सनसनीपूर्ण रह्यो । अर्थतन्त्रमा समस्या आएपछि गत सिजन बार्सिलोनाले राम्रो प्रदर्शन दिन सकेन । अध्यक्ष जोआन लोपार्टले जुलेस कौन्डे, आन्द्रेअस क्रिस्टेन्सन, फ्रान्क केसिइ, राफिन्हा र रोबर्ट लेवान्डोस्कीलाई अनुबन्ध गरिसकेका छन् ।  यस्तै, मार्काेस ओलोन्सो र बेर्नान्डो सिल्भा भित्रिने योजनामा छन् । औसामाने डेम्बेलेको नविकरणले टोली थप बलियो भएको छ । 

प्रशिक्षक जाभी होर्नान्डेजले प्रत्येक पोजिसनमा दुई बलियो खेलाडी राखेका छन् । रायो भालेकानोविरुद्ध सप्ताहन्तमा मैदान उत्रनु अघि बार्सिलोना अनुबन्ध गर्न पाउनेछ । यद्यपि, ला लिगाले बार्सिलोनालाई बित्तीय नियमहरु लगाउन सक्छ । अगिल्लो सिजन बार्सिलोना गम्भीर आर्थिक समस्यामा परेको थियो । 

अन्तिम सिजन बार्सिलोनाले जाभिको प्रशिक्षणमा २५ लिग खेलमा ५६ अंक जोड्यो । जस क्रममा उसले फेब्रुअरी र अप्रिलमा रियल मड्रिडलाई बर्नाबेउमा ४–० ले हरायो । तर, उसले केहि खराव प्रदर्शन पनि गर्याे । काडिज र रायो भालेकानोसँग पराजित भयो । यस्तै, युरोपा लिगमा फ्राङ्कफुर्टसँग पराजित हुन पुग्यो । 

जाभीले सिधा झै ४–३–३ को पोजिसन रोज्नेछन् । जाभीसँग अट्याक लाइनमा बहुमुखी प्रतिभाका रोबर्ट लेवान्डोस्की, डेम्बेले, राफिन्हा, अन्सु फाति, फेरान टोरेस र पियरे इम्रिक औवामेयाङ रहेनछन् । उनले यिनीहरुलाई अग्रपंक्तिको जुनसुकै पोजिसनमा खेलाउन सक्छन् । 

यो टिमले पक्कै लिग जित्न धेरै गोल गर्न सक्नुपर्छ । तर, के बार्सिलोनाले अन्य टोलीलाई रोक्न सक्ला ? काउन्टर खेल बार्सिलोनाको लागि सधैँ घातक बन्दै आएको छ । तर, तल्लोक्रमका कौन्डे र रोनाल्ड अराउजोले जाभिको रणनीतिलाई साथ दिने आशा गर्न सकिन्छ । 

ला लिगा २०२२–२३ को सिजन आज रातिबाट सुरु हुँदैछ । पहिलो खेलमा ओसासुना र सेभिया प्रतिस्पर्धा गर्देछन् । यस्तै, भोलि हुने खेलमा बार्सिलोनाले नेपाली समय अनुसार राति पौने १ बजे रायो भालेकानो सँग भिड्ने तालिका छ । आइतबार साविक विजेता रियल मड्डिडले यूडी अल्मेरियाको सामना गर्दैछ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित