१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आजदेखि दराज मल फेस्ट सुरु, सामान खरिदमा विशेष छुट पाइने

३० श्रावण २०७९, सोमबार ०९:२८

साउन ३०, काठमाडौँ | नेपालको अग्रणी अनलाइन बजार, दराजले दराजमल फेस्ट गर्ने भएको छ । दराजले दराजमल फेस्ट सुरु गर्न लागेको आइतबार घोषणा गरेको हो ।

दराजमेल फेस्टले ग्राहकहरूलाई अद्वितीय र प्रिमियम शपिङ अनुभव प्रदान गर्नेछ । यो अभियानको मुख्य विशेषताहरूमा एड टु कार्ट एण्ड विन, ७ हजारसम्मको भौचरहरू, ब्रान्ड अफ द डे, फ्ल्यास सेल, सेक सेक र वाल अफ फेम रहेको छ। कम्पनीका अनुसार यो अवसरमा सोनी, सामसङ, गोल्डस्टार, रिम्याक्स, वाइल्डहर्नका साथै ५०० भन्दा बढी विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डका उत्पादन विशेष छुटसहित खरिद गर्न सकिनेछ ।

यसका लागि विभिन्न बैंकका डेबिट र क्रेडिट कार्डबाट प्रि-पेमेन्ट गर्दा छुट पाउने व्यवस्था गरिएकाे छ ।

कम्पनीका अनुसार मंगलबार ग्लोबल आईएमई बैंकबाट क्रेडिट कार्ड भुक्तानी गर्दा १५ प्रतिशत (७५० रुपैयाँसम्मको छुट) र डेबिट कार्ड भुक्तानीमा १० प्रतिशत (५०० रुपैयाँसम्म) छुट पाइनेछ ।

त्यस्तै बिहीबार मेगा बैंकबाट क्रेडिट कार्ड भुक्तानीमा १५ प्रतिशत छुट र डेबिट कार्ड भुक्तानीमा १० प्रतिशत (५०० रुपैयाँसम्म) छुट पाउन सकिनेछ ।

त्यस्तै शुक्रबार नबिल बैंकबाट डेबिट क्रेडिट कार्ड भुक्तानीमा १० प्रतिशत छुट (अधिकतम ५०० रुपैयाँसम्म) र शनिबार स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट डेबिट क्रेडिट कार्ड भुक्तानीमा १० प्रतिशत छुट (अधिकतम ५०० रुपैयाँ) पाइनेछ ।

त्यस्तै ‘ब्रान्ड अफ द डे’ जस्ता अफरहरूले ग्राहकहरूलाई उनीहरूको मनपर्ने ब्रान्डहरूमा थप छुटहरू प्राप्त गर्ने अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ ।

अभियान अवधिभर प्रत्येक दिन एउटा चयन गरिएको दराज मल ब्रान्डले आफ्ना उत्पादनहरूमा विशेष छुट दिनेछ । उदाहरणका लागि, आमायरा फेसन हाउसले आफ्ना सबै उत्पादनहरूमा ६० प्रतिशतसम्म छुट दिनेछ ।

त्यस्तै एर्कले आफ्ना सबै उत्पादनहरूमा १० प्रतिशतसम्म छुट र फ्यानटेकले अभियानका क्रममा आफ्ना उत्पादनहरूमा ५५ प्रतिशतसम्म छुट उपलब्ध गराउनेछ ।

त्यस्तै ‘एड टु कार्ट एण्ड विन’ याेजनाले ग्राहकहरूलाई आफ्नो कार्टमा आफ्ना मनपर्ने दराज मल उत्पादनहरू थपेर अभियानभर हरेक दिन भाउचर जित्ने मौका प्रदान गर्ने जनाइएको छ ।

साथै, दराजका नयाँ प्रयोगकर्ताहरूले पहिलो अर्डरमा रु. २०० को भाउचर प्राप्त गर्न सक्नेछन् भने दराज गेम्स, दराज लाइभ र सेलर भाउचर मार्फत थप छुट पनि पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण