२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पुटिनले ल्याए १० बच्चा जन्माउने रुसी आमालाई पुरस्कार र सम्मान दिने कानुन

२०७९, ३ भाद्र शुक्रबार ०५:३५

एजेन्सी | रुसको घट्दो जन्म दर र जनसंख्याका कारण त्यहाँका नीति निर्माताहरु चिन्तित छन् । यो समस्या समाधानका लागि देशका राष्ट्रपति भ्लादिमिर पुटिनले महिलाहरुलाई १० जनासम्म सन्तान प्रोत्साहित गर्ने अध्यादेश ल्याएका छन् ।  


अध्यादेश अनुसार १० सन्तान जन्माउने महिलालाई ‘मदर हिरोइन’ को अवार्डले सुशोभित गरिनेछ । यो पुरस्कार दोस्रो विश्वयुद्धको पुछारतिर सन् १९४४ मा स्टालिनले स्थापना गरेका थिए । दोस्रो विश्वयुद्धमा रुसका झण्डै अढाई करोड मानिस मारिएको स्थितिमा यस्तो पुरस्कार स्थापना गरेर धेरै बच्चा जन्माउन प्रोत्साहित गरिएको थियो । 

सन् १९९१ मा सोभियत संघ विघटन भएपछि रुसले यो अवार्ड दिन बन्द गरेको थियो । राष्ट्रपति पुटिनले पुनः यस अवार्ड सुरु गरेका छन् ।

कति रकम पाउनेछन् आमाले सहयोगमा ?

पुटिनले अगस्ट १५ मा जारी गरेको अध्यादेश अनुसार दशौं बच्चा एक वर्ष पुगेपछि तिनको आमालाई १० लाख रुबल (झण्डै १६००० अमेरिकी डलर) दिइनेछ ।  

रकम सिधै आमाको खातामा हालिने व्यवस्था गरिएको पुटिनले बताए । एक वर्षको हुनुअघि नै बच्चा कुनै कारणले बित्यो भने पनि आमाले रकम पाउने बताइएको छ ।  दशकौंदेखि रुसको जन्मदर घट्दै गएकोमा तीन वर्षदेखि लगातार जनसङ्ख्या वृद्धि दर ऋणात्मक देखिएको छ । सन् २०१८ मा रुसको जनसंख्या १४ करोड ५७ लाख रहेकोमा यो घटेर यो वर्ष १४ करोड ४७ लाख पुगेको छ । 

जबकि सोभियत संघ विघटन हुँदा रुसको जनसंख्या १४ करोड ८३ लाख थियो ।  पुटिनका कदमप्रति केहीले प्रश्न उठाएका छन् । जस्तो रुसी राजनीति तथा सुरक्षा विशेषज्ञ डा.जेनी माथर्सले १६ हजार अमेरिकी डलरको एक पटकको भुक्तानीले कसरी १० बच्चालाई हुर्काउने भन्ने प्रश्न गरेकी छन् ।

डा.माथर्सले ठूलो संख्या बालबच्चा पाएपछि तिनको बसोबास, खानपिन तथा अन्य खर्चको प्रावधानबारे बेवास्ता गरेर हावादारी निर्णय गरेको बताइन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह