2026-09-19 12:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रंखलाबद्ध रुपमा फेसबुक अकाउन्ट ह्याक गरी रकम ठगी गर्ने ३ किशोर पक्राउ

भदौ ४, काठमाडौं | सामाजिक सञ्जाल फसबुक अकाउन्ट ह्याक गरी पैसा ठगी गर्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको भद्रपुर नगरपालिका-६ का १९ वर्षीय आशिष विष्ट, १८ वर्षीय प्रविण राजवंशी र १८ वर्षीय भवेश राजवंशी रहेका छन् ।

आरोपित किशोरहरूलाई लुकेर बसेको अवस्थामा झापाको भद्रपुरबाट पक्राउ गरी ठगी मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीलेका प्रवक्ता डीएसपी राजकुमार राईले जानकारी दिए ।

विभिन्न मानिसहरूले आफ्नो सामाजिक सञ्जाल अकाउन्ट ह्याक भई पैसा माग्ने काम भइरहेकाे उजुरी दिएपछि तीन किशाेर पक्राउ परेकाे उनले बताए ।

यी किशोर लामो समयदेखि ठगीको कार्यमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

उनीहरूले २५ भन्दा बढी फेसबुक अकाउन्ट ह्याक गरी विभिन्न व्यक्तिबाट दुई लाख रुपैयाँभन्दा बढी ठगी गरेको डीएसपी राईले जानकारी दिए ।

कम्प्युटर विज्ञान विषय अध्ययनरत यी किशोरले सफ्टवेयर तथा वेबसाइट तयार पारी मानिसहरूको अकाउन्ट ह्याक गर्ने गरेको पाइएको उनले बताए ।

उनीहरूले फेसबुक अकाउन्टको पासवर्ड चोर्नका लागि त्यस्ता वेबसाइट तथा सफ्टवेयर तयार पारेका थिए, जसमा सर्वसाधारणले सजिलै विश्वास गरेर त्यहाँ भनिएका प्रकिया अपनाउँथे ।

विशेषगरी उनीहरूले सामाजिक सञ्जालमा फोटो प्रयोग गर्दै ‘विट्यू कन्टेस्ट’ आयोजना गर्थे, जसमा भोट गर्नका लागि प्रयोगकर्ताले साइट खोल्नुपर्ने हुन्थ्यो ।

साइट खोलिसकेपछि उनीहरूको पासवर्ड यी किशाेरले पाउँथे । पासवर्ड पाइसकेपछि उनीहरूले सो व्यक्ति सबैभन्दा नजिक वा सबैभन्दा धेरै कुरा कोसँग गर्छ भन्ने पत्ता लगाउँथे ।

त्यसपछि आफू बिरामी परेको वा अन्य कारण देखाउँदै पैसा माग्ने गर्थे ।

उनीहरूले उपलब्ध गराउने ई-सेवा वा खल्तीका अकाउन्ट अरूको नामबाट खोलिएको समेत अनुसन्धानमा खुलेको  छ ।

पीडितले दिएको जाहेरीमा फेसबुकको पासवर्ड आफूले पाइसकेपछि पनि उनीहरूले पुरानो पासवर्ड परिवर्तन नगरेको र केही दिनपछि पैसा दिने व्यक्तिले सापटी पैसा माग्दा मात्र थाहा हुने गरेको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई