१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अष्ट्रेलियाले बनायो नयाँ सुपरकम्प्युटर, मर्दै गरेको सुपरनोभाको खिच्यो शानदार तस्बिर

४ भाद्र २०७९, शनिबार ०८:५०

भदौ ४, काठमाडौं | एजेन्सी | अष्ट्रेलियाको एउटा नयाँ सुपरकम्प्युटिङ सिस्टमले नष्ट भइसकेको सुपरनोभाको असाध्यै शानदार तस्बिर खिचेको छ । नयाँ जेनेरेशनको रेडियो टेलिस्कोप जस्तो अष्ट्रेलियन स्क्वायर किलोमिटर एरे पाथफाइन्डर (एएसकेएपी) लाई सुपर कम्प्युटरमा चल्ने असाध्यै सक्षम सफ्टवेयरको आवश्यकता हुन्छ । त्यसैले पावसी सुपरकम्प्युटिङ रिसर्च सेन्टरले सेटोनिक्स नामको एउटा नयाँ सुपरकम्प्युटर लञ्च गरेको छ ।


एएसकेएपीमा ३६ डिश एन्टिना छ जुन टेलिस्कोपले झैँ काम गर्छ । यसलाई अष्ट्रेलियाको राष्ट्रिय विज्ञान एजेन्सी सीएसआइआरओले चलाउँछ । यसले संकलन गरेको डाटा, हाई स्पिड अप्टिकल फाइबरमार्फत् पावसी सेन्टरमा पनि पठाइन्छ जहाँ यसलाई प्रोसेस गरिन्छ र यो तस्बिरमा बदलिने गर्छ ।

Remains Of A Giant Cosmic Explosion Pictured In Data From New Supercomputer

सेटोनिक्सले मर्दै गरेको सुपरनोभा G261.9 + 5.5 को निकै सुन्दर तस्बिर खिचेको छ । यो सुपरनोभा करिब १० लाख वर्ष पुरानो हुनसक्छ । यो हामीभन्दा १०,०००–१५,००० प्रकाश वर्ष टाढा छ । सीएसआइआरओका रेडियो खगोल विज्ञानी एरिक आल हिलले यसबारे पहिलो पटक सन् १९६७ मा मृत ताराको रुपमा वर्णन गरेका थिए । नष्ट भइसकेको सुपरनोभा (एसएनआर), मरेका ताराहरुको शक्तिशाली बिस्फोटको अवशेष हुन् ।


SNR G261.9+05.5 को तस्बिर हेर्दा निकै सुन्दर भएपनि एएसकेएपीको एस्ट्रोनोमी सर्भेको डाटाको प्रोसेसिङ पनि सुपरकम्प्युटर सिस्टम जाँच्ने एक शानदार तरिका हो । सुपरकम्प्युटरमार्फत् डाटा प्रोसेसिङ निकै जटिल हुन्छ । तर सेटोनिक्ससँग यस्तो खालको गहन प्रोसेसिङका लागि पर्याप्त स्रोत साधन छन् । सेटोनिक्सका लागि यो कदम दुई चरणमध्ये पहिलो चरण हो, दोस्रो यस वर्षको अन्त्यमा पूरा हुने आशा गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण