५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

किनेर लगेको सुटकेसमा मानव अवशेष फेला पारेपछि…

४ भाद्र २०७९, शनिबार ११:३२

एजेन्सी | न्यूजील्यान्डमा एउटा परिवारले लिलाममा किनेर घर लगेका सुटकेसमा मानव अवशेष फेला पारेपछि प्रहरीले उक्त घटनाबारे अनुसन्धान थालेको छ।

साउथ अकल्यान्डमा बस्ने उक्त परिवारले एउटा स्थानीय गोदामबाट किनेर लगेका सुटकेस घर पुगेर खोल्दा स्तब्ध भएको थियो।


हत्यासम्बन्धी अनुसन्धान थाल्दै प्रहरीले ती अवशेष कसका हुन् भन्ने खोजी सुरु गरेको छ।

उक्त परिवार सन्दिग्ध हत्यामा संलग्न नभएको ठानिएको छ।

गत बिहीवार उक्त परिवारले गोदामबाट एक गाडी सामान किनेर लगेको बुझिएको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार उक्त गोदाममा बेबारिसे अवस्थामा छोडिएका सामानहरूको लिलाम गरिएको थियो।

त्यस्तो लिलामीमा क्रेताहरूलाई पहिला नै सामान राम्ररी हेर्न दिइँदैन। मूल्यवान् वस्तु फेला पर्न सक्ने आशामा मानिसहरू त्यस्ता सामान किन्छन्।

स्थानीय गुप्तचर अधिकारीले घर ल्याएपछि मात्र सुटकेसमा मानव अवशेष भएको पत्ता लागेको बताएका छन्।

स्थानीय सञ्चारमाध्यम स्टफका अनुसार प्रहरी पुग्नुअघि उक्त घर भएको क्षेत्रबाट "दुर्गन्ध" फैलिएको थियो।

शवदाह गृहमा पहिला काम गरेका एक छिमेकीले उक्त गन्ध तत्काल चिन्न सकिएको थियो।

सोचेँ," आफ्नो छिमेकीको घरतर्फ सङ्केत गर्दै उनले भने।

अर्की छिमेकी महिलाका अनुसार गाडीबाट एउटा सुटकेस निकालेर उक्त घरबाहिर प्रहरीले टाँगेको पालमा लगिएको उनका छोराले देखेका थिए।

स्टफमा प्रकाशित भिडिओमा प्रहरीले छानबिन गर्दै गर्दा उक्त घरअगाडि अवस्थित सडकमा एउटा गाडी बिसाएको देखिन्छ। उक्त स्थान क्लेन्डन पार्कको बाह्य भागमा छ।

मृतक को हुन् त्यो पत्ता लगाउनु र त्यसरी अवशेष भेटिने परिस्थिति पत्ता लगाउनु आफ्नो प्राथमिकता भएको प्रहरीले जनाएको छ।

जसरी ती अवशेषहरू फेला परे त्यसको आधारमा मृतकका आफन्तलाई त्यसबारे सूचना दिन समय लाग्न सक्ने प्रहरीले बताएको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता