2026-06-30 12:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लियोपार्ड फिजियोको तयारी सुरु

भदौ ४, काठमाडौं | विश्व फिजियोथेरापी दिवसको अवसरमा हुन लागेको फिजियोथेरापिस्टहरूको फुटसल प्रतियोगिताको लागि लियोपार्ड फिजियोले तयारी सुरु गरेको छ । 

क्लबले शनिबार एक कार्यक्रममार्फत टिमको जर्सी, स्पोन्सर र खेलाडी सार्वजनिक गरेको हो । क्लब मालिकमा सुरज भुसाल र समिद कातिला श्रेष्ठ छन् । कार्यक्रममा प्रमुख अतिथिको रूपमा नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान बिराज महर्जन र विशिष्ट अतिथिमा नियो हेल्थ क्लिनिकका सूर्य कुवरको उपस्थिति थियो । 

प्रतियोगिताको लागि लियोपार्डलाई १८ वटा प्रायोजकले सहयोग गरेको छ । 


कार्यक्रममा बोल्दै पूर्व कप्तान बिराज महर्जनले यस्ता प्रतियोगिताहरूबाट फिजियोहरूले खेलाडीको मनोभाव बुझ्न सहयोग पुग्ने बताए ।

‘खेलाडीहरूका स्वास्थ्यका लागि महत्त्वपूर्ण सहयोगीको रूपमा मैदानमा बस्नुहुने फिजियोथेरापिस्टहरूको यस्ता प्रतियोगिताबाट खेलाडीहरूको मनोभावलाई अझ गहिरिएर बुझ्न सहयोग पुग्नेमा म विश्वस्त छु । प्रतियोगिताको लागि लियोपार्ड फिजियोलाई शुभकामना दिन चाहन्छु,’ बिराजले भने । 

यस्तै, क्लबका मालिक भुसालले प्रतियोगिताको उपाधि जिते शतप्रतिशत रकम खेलाडीहरूलाई दिने र एक गोल बराबर पाँच सय रुपैयाँ प्रदान गरिने बताए ।

‘हरेक खेलमा खेलाडीसँगै रहने फिजियोहरूलाई पनि मनोरञ्जन दिने हाम्रो उद्देश्य हो । हामीले प्रतियोगिताको उपाधि जितेको खण्डमा प्राप्त नगद सबै खेलाडीलाई दिनेछौँ । र, प्रतियोगितामा प्रत्येक गोलबापत पाँच सय रुपैयाँ दिने निर्णय गरेका छौं,’ भुसालले भने ।

भदौ २३ गते फिजियोथेरापी दिवसको अवसरमा नेपाल फिजियोथेरापी संघ (नेस्ट) आयोजना हुने प्रतियोगितामा काठमाडौंका ६ र दुई मोफसलका गरी आठ टिमले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेताले ३० हजार र उपविजेताले २० हजार रुपैयाँसँगै ट्रफी र मेडल पुरस्कार पाउनेछन् ।

लिग कम नकआउट पद्धतिमा चल्ने प्रतियोगिताको सहभागी आठ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूहका शीर्ष दुई टिमले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ