2026-09-08 07:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साथीका बुबासँग विवाह गर्न अस्वीकार गरेको भन्दै यातना र यौन उत्पीडन

भदौ ५, इस्लामाबाद | एजेन्सी | पाकिस्तानको पञ्जाब प्रान्तमा एक कलेज पढ्ने युवतीलाई आफ्नी साथीका बुबासँग विवाह गर्न अस्वीकार गरेको भन्दै यातना र यौन उत्पीडन गरिएको प्राप्त विवरणहरुमा जनाइएको छ । विवाह गर्न अस्वीकार गरेको भन्दै युवतीको टाउकोको कपाल मुन्डन गरी १० लाख पाकिस्तानी रुपी माग गरेको बताइएको छ । मागेको रकम नदिएको युवतीको भिडियो भिडियो सामाजिक सञ्जालमा राखिदिने चेतावनी दिइएको  जनाइएको छ ।

लाहोरबाट १५० किलोमिटर टाढा रहेको फैसलाबादमा उक्त घटना भएको पाकिस्तानी सञ्चार माध्यमहरुले जनाएका छन् । युवतीलाई दुव्र्यवहार गरेको भिडियो केही दिनअघि सार्वजनिक भएको थियो जसमा युवतीलाई संदिग्धहरूले कुटपिट गरेको, उनको टाउको र आँखीभौ खौरिएको र पीडितलाई जुत्ता चाट्न लगाइएको थियो ।

प्रहरीले मुख्य संदिग्ध शेख दानिश, उनकी छोरी र अन्य पाँच जनालाई पक्राउ गरेको जनाएको छ । ‘पुलिसले दानिश र उनकी छोरी सहित सात संदिग्धहरूलाई पक्राउ गरेको छ र बाँकी संदिग्धहरूलाई पक्राउ गर्न छापा मारिरहेको छ’, पञ्जाब प्रहरीका प्रवक्ताले भने ।

पीडित युवती आफ्नी वृद्ध आमासँग बस्दै आएकी थिइन । उनका दुई भाइ बेलायत र अष्ट्रेलियामा छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित