पढ्न करिब 1 मिनेट लाग्छ

भदौ ६, काठमाडौं | राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा भदौ १५ गते गर्ने सार्वजनिक गर्ने तयारी गरेको छ । बार्डका परीक्षा नियन्त्रक अर्जुन रायामाझीले नतिजाको तयारी अन्तिम चरणमा रहेकाले भदौ १५ गते नै नतिजा सार्वजनिक गर्नेबारे छलफल भइरहेको जानकारी दिए ।

गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालित परीक्षामा सहभागि परीक्षार्थीहरुको प्राप्ताङ्क इन्ट्री गर्ने काम भइरहेको रायामाझी बताउँछन् । ‘नतिजाको तयारी लगभग अन्तिम चरणमा पुगिसकेको छ,’ उनले भने, ‘यही भदौ १५ गते सार्वजनिक गर्ने तयारीमा छौं ।’

यसवर्ष कक्षा १२ को परीक्षामा ४ लाख १० हजार ५० जना विद्यार्थी सहभागि भएका थिए ।