५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अदालत बाेलाउन माग गर्दै मस्कले गरे ट्वीटरका सहसंस्थापकविरुद्ध उजुरी

७ भाद्र २०७९, मंगलवार ०६:०४

भदौ ७, न्युयोर्क | एजेन्सी |  सामाजिक सञ्जाल ट्वीटरसँगको आफ्नो कानुनी लडाइको एउटा हिस्साका रूपमा विश्वकै धनाढ्य एलन मस्कले ट्वीटरका सहसंस्थापक ज्याक डोर्सेलाई अदालतमा बोलाउन कानुनी कदम सुरु गरेका छन् । फर्जी अकाउन्टबारे कम्पनीले पर्याप्त सूचना नदिएको आरोप लगाउँदै मस्कले ट्वीटरसँगको ४४ अर्ब डलरको सम्झौता अन्त्य गर्न खोजिरहेका छन् । ट्वीटर किन्न दबाब दिने प्रयत्नसहित सामाजिक सञ्जालले मस्कविरुद्ध उजुरी गरेको छ । 

दुबै पक्षले अदालत बाहिर पहिले नै समाधान गर्ने निर्णय नगरेसम्म अक्टोबरमा अमेरिकाको डेलावेयरमा मुद्दाको सुनुवाइ हुनेछ । विश्वकै धनाढ्य मस्कलाई न्यायाधीशले प्रति सेयर ५४ दशमलब २० डलरको सहमत मूल्यमा टेकओभर पूरा गर्न आदेश दिने ट्वीटरको विश्वास छ । 

तर, मुद्दा तयारीको अंशको रूपमा मस्कका वकिलहरूले टेस्लाका मालिकको झगडा मिलाउन उनका साथी तथा ट्वीटरका पूर्वप्रमुख डोर्सीलाई बोलाएका छन् । गत जुलाईमा अर्बपति मस्कले ट्वीटर किन्ने सम्झौतबाट अलग हुने योजनामा रहेको बताएपछि कम्पनीले उनीविरुद्ध मुुद्दा दायर गरेको थियो । 

फर्जी विवरणबारे सूचना रोकेको मस्कले कम्पनीलाई आरोप लगाएका थिए तर, ट्वीटरले यसलाई क्रेताले दोष लुकाउन गरेको बहाना बताएको थियो ।  डोर्सी नोभेम्बरमो ट्वीटरको प्रमुख कार्यकारीबाट राजीनामा दिएका थिए र गत अप्रिलमा कम्पनी बेच्ने कबोल घोषणा गर्दा उनले मस्को समर्थनमा यसरी ट्वीट गरेका थिए, ‘ एलोन मलाई विश्वास गर्ने एकल समाधान हो। म उहाँको मिसनमा चेतनाको ज्योति फैलाउने विश्वास गर्छु । ’

गत महिना एक अमेरिकी न्यायाधीशले मस्कविरुद्धको ट्वीटरको मुद्दा अक्टोबरमा सुनुवाइ गर्नुपर्ने फैसला सुनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता