१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नागरिकता बिद्येयकमा एमालेले भोटको राजनीति गर्न खोज्यो: प्रचण्ड

८ भाद्र २०७९, बुधबार ०५:३७

भदौ ८, चितवन | नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भोटको राजनीति गर्न खोजेको आरोप लगाएका छन ।

भरतपुर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा प्रचण्डले भने आमाबुबा दुबै नेपाली नागरिक भएकाको छोराछोरीले नागरिकता पाउने व्यवस्था भए पनि विदेशीलाई नागरिकता दिन खोजियो भनेर भ्रम छर्ने काम गरेर एमालेले भोटको राजनीति गर्न खोजेको आरोप लगाएका हुन ।

तत्कालिन केपी ओली सरकारले अध्यादेशमार्फत ल्याएको विधेयक नै अहिले सदनमार्फत ल्याएको भन्दै भ्रममा नपर्न प्रचण्डले आग्रहसमेत गरेका छन् । 

वैवाहिक अंगीकृत नागरिकताका लागि सात वर्षे प्रावधान राख्ने राज्य व्यवस्था समितिको प्रस्ताव सदनमा लैजाऔँँ भन्दा एमाले अध्यक्ष ओलीले नै नमानेको पनि प्रचण्डले आरोप लगाएका छन । 

भौतिक योजना मन्त्री मोहम्मद इस्तियाक राई र वन मन्त्री प्रदिप यादवसहित चितवन आएका माओवादी अध्यक्ष प्रचण्डले बिभिन्न कार्यक्रममा सहभागी हुनेछन ।

जसअनुसार प्रचण्डले बरुवा सडक शिलान्यास, रौतनेखोलामा बनेको पुलको उद्घाटन, ट्मटा खोला तटबन्ध शिलान्यास कार्यक्रममा सहभागी भए पछि चितवनका पार्टी कार्यकतासँग भेटघाट कार्यक्रम तय भएको चितनव माओवादीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो