Skip to content
Friday, July 17, 2026 Nepali Online Media

नागरिकता बिद्येयकमा एमालेले भोटको राजनीति गर्न खोज्यो: प्रचण्ड

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ ८, चितवन | नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भोटको राजनीति गर्न खोजेको आरोप लगाएका छन ।

भरतपुर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा प्रचण्डले भने आमाबुबा दुबै नेपाली नागरिक भएकाको छोराछोरीले नागरिकता पाउने व्यवस्था भए पनि विदेशीलाई नागरिकता दिन खोजियो भनेर भ्रम छर्ने काम गरेर एमालेले भोटको राजनीति गर्न खोजेको आरोप लगाएका हुन ।

तत्कालिन केपी ओली सरकारले अध्यादेशमार्फत ल्याएको विधेयक नै अहिले सदनमार्फत ल्याएको भन्दै भ्रममा नपर्न प्रचण्डले आग्रहसमेत गरेका छन् ।

वैवाहिक अंगीकृत नागरिकताका लागि सात वर्षे प्रावधान राख्ने राज्य व्यवस्था समितिको प्रस्ताव सदनमा लैजाऔँँ भन्दा एमाले अध्यक्ष ओलीले नै नमानेको पनि प्रचण्डले आरोप लगाएका छन ।

भौतिक योजना मन्त्री मोहम्मद इस्तियाक राई र वन मन्त्री प्रदिप यादवसहित चितवन आएका माओवादी अध्यक्ष प्रचण्डले बिभिन्न कार्यक्रममा सहभागी हुनेछन ।

जसअनुसार प्रचण्डले बरुवा सडक शिलान्यास, रौतनेखोलामा बनेको पुलको उद्घाटन, ट्मटा खोला तटबन्ध शिलान्यास कार्यक्रममा सहभागी भए पछि चितवनका पार्टी कार्यकतासँग भेटघाट कार्यक्रम तय भएको चितनव माओवादीले जनाएको छ।