२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बढी भाडा लिने सवारीको भाडा फिर्ता गराइयो

२७ भाद्र २०७३, सोमबार ०७:०१

भदौ २७, चितवन । स्थानीय प्रशासनले बढी भाडा लिइ नारायणगढबाट काठमाडौँतर्फ जाँदै गरेका ३५ वटा माइक्रोबसबाट प्रत्येक यात्रुलाई रु १०० फिर्ता दिलाएर आज गन्तव्यतर्फ पठाएको छ । 

भरतपुरको आँपटारीमा आज बिहानैबाट जाँच गर्दा काठमाडौँका लागि प्रतिव्यक्ति सामान्य सवारी साधनमा रु २७९ र डिलक्समा २० प्रतिशत थप गरी लिन पाउनेमा ती माइक्रोबसले प्रतिव्यक्ति रु ४५० असुल गरेको पाइएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार नारायणगढबाट काठमाडौँ १४६ किलोमिटर पर्दछ । सो सडकका लागि यातायात मन्त्रालयले प्रतिव्यक्ति प्रतिकिमी एक रुपैयाँ ९० पैसा भाडादर तोकेको छ । 

डिलक्सले २० प्रतिशत थप गर्दासमेत ३३४ रुपैयाँ ८० पैसा लिन पाउँछ । तर माइक्रोबस र पर्यटक बसले यात्रुबाट रु ४५० देखि ६०० सम्म भाडा असुल गर्दै आएका छन् । आज नियन्त्रणमा लिएका माइक्रोबसलाई प्रतिव्यक्ति रु १०० फिर्ता गरी सबैलाई टिकट दिएर चलानीसहित गन्तव्यतर्फ पठाइएको उनले बताए । 

चितवनबाट काठमाडौँ, पोखरालगायतका स्थानमा जाने सवारी साधनमा कडाइका साथ आँपटारीमा भाडादर जाँच गरिएको छ । अटेर गरेर बढी भाडा लिनेलाई नियन्त्रणमा लिएर मुद्दासमेत चलाउने प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले बताए । 

जिल्लाका स्थानीय मार्गमा सरकारले तोकेभन्दा दोब्बरसम्म भाडा असुल गर्दै आएको पाइएकाले स्थानीय प्रशासनले तोकेको मार्गमा नचलाउने, बढी भाडा लिन प्रश्रय गर्ने ११ यातायात व्यवसायीलाई एक रात हिरासतमा राखेर आइतबार छाडेको थियो । सरकारले तोकेको दरबमोजिम भाडा लिने सहमतिमा व्यवसायी छुटे पनि सो भाडादरमा घाटा हुने भन्दै आज पनि जिल्लामा स्थानीय मार्गमा म्याजिकबाहेकका सवारी साधन चलेका छैनन् । 

नेपाल यातायात व्यवसायी महासङ्घका उपाध्यक्ष रामप्रसाद सुवेदीले सरकारले तोकेको भाडादरमा सवारी साधन सञ्चालन गर्दा नोक्सान हुने भन्दै व्यवसायी नमानेपछि गाडी सञ्चालन गर्न नसकिएको बताए । प्रजिअ सिंहले सरकारी नियमभन्दा माथि रहेर काम गर्ने अधिकार कसैलाई नभएकाले तोकेअनुरुप काम नगरे कारबाही गरिने  बताए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने