२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पुरस्कार जितेको साढे ५३ करोड लिएर प्रेमिका फरार भएपछि…

२०७९, १५ भाद्र बुधबार ०८:५५

भदौ १५, काठमाडौँ | धोका जहिले पनि जसलाई पनि हुन सक्छ। जब आफ्नै भन्ने मानिसले धोका दिन्छ तब ठूलाे आघात पुग्छ। 

बेलायतमा यस्तै घटना भएको छ। एक जोडीले पुरस्कारमा ३६ लाख पाउण्ड (करिब ५३ करोड ५१ लाख नेपाली रुपैयाँ) जितेका थिए।

Postmortem of love! Girlfriend lost 34 crore rupees in sports, became  destitute in one blow

पुरस्कार जित्नुभन्दा पहिला नै उनीहरुले एकसाथ व्यवसाय सुरु गर्ने र एकअर्कालाई साथ दिने वाचा गरेका थिए। यद्यपि पुरस्कार जितेपछि भने सोचेको जस्ता भएन। पुरस्कार जितेपछि आफूलाई प्रेमिकाले धोका दिएको र पुरस्कारको सबै पैसा लिएर भागेको आरोप प्रेमीले लगाएका छन्।

द सनले उल्लेख गरेअनुसार ३९ वर्षीय किर्क स्टीभन्स आफ्नी ४० वर्षीय प्रेमिका लौरा हायलसँग बेलायतको नटिंघममा बस्दै आएका थिए। गत वर्षको मार्चमा उनीहरुले नेशनल लोटरीमा उक्त रकम जितेका थिए। ‘सेट फर लाइफ ड्र’ अन्तर्गतको उक्त योजनाअनुसार ३० वर्षसम्म उनीहरुले मासिक करिब १४ लाख ८६ हजार रुपैयाँ पाउने थिए। तर पैसा पाउनुभन्दा पहिला नै स्टिभन्सले धोका पाए। 

Girlfriend dumped lover and took all the money grabbed 34 crore rs tstf

उनीहरुले बैंक एकाउन्टमा लौराकै एकाउन्ट राखेका थिए, त्यसैले सबै पैसा उनको खातामा आएको थियो। स्टीभिन्सले लौरा हायलले जितेको सबै पैसा लिएको र आफूसँग अलग भएको आरोप लगाएका छन्। सुरुमा उनीहरुबीच जितेको रकम आधा आधा बाँड्ने सहमति भए पनि सोअनुसार काम भने हुन सकेन। 

स्टीभिन्सका अनुसार उनीहरु एकसाथ बस्दै आएका थिए। लौराले घर पनि भाडामा लिएकी थिइनन्। उनीहरुले प्रत्येक साता करिब ३ हजार ७ सय रुपैयाँ लोटरीमा हाल्ने सहमति गरेका थिए।

जहिले लोटरी जितिन्छ, त्यसको आधा आधा रकम बाँड्ने सहमति उनीहरुको बीचमा थियो। त्यसपछि एकसाथ जीवन जिउने उनीहरको वाचा थियो। तर, पुरस्कार जितेको केही महिनामै उनी स्टीभिन्ससँग अलग भइन्। 

समाचारमा उल्लेख गरिएअनुसार उनीहरले टिकट पनि लौराकै नामबाट किनेका थिए। त्यसैले पैसामा पूर्ण अधिकार लौरा हायलको रहन गयो। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र