२०८३, ४ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धमाधम कलाकारहरु चुनाव लड्ने तयारीमा, ‘सक्किगोनि’का ‘सिते बा’ पनि काठमाडौंबाट लड्ने

२०७९, १६ भाद्र बिहीबार ११:२२

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि सबै राजनीतिक दलहरु आआफ्नो तयारीमा जुटेका छन् । यस्तै विभिन्न क्षेत्रबाट स्वतन्त्र उम्मेदवारहरु उठ्ने चर्चा पनि छ ।

यसैबीच आउँदो निर्वाचनमा चर्चित हास्यसिरियल सक्किगोनी का कलाकार मधुसुदन पाठक (सिते बा) पनि काठमाडौंबाट उठ्ने भएका छन् । उनी काठमाडौं क्षेत्र नम्बर ५ मा स्वतन्त्रबाट उम्मेदवार हुने भएका हुन् ।


बिहिबार ललितपुरमा भएको ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा कार्यक्रममा उनी पनि थिए । उक्त कार्यक्रममा एकै चुनाव चिन्ह र घोषणा पत्रमा चुनाव लड्न यो अभियान शुरु गरिएको बताइएको छ ।

यस्तै आउँदो चुनावमा कुमार कट्टेल ‘जिग्री ब्रो’ पनि झपाबाट उठ्दैछन् । उनी प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्रबाटै झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने भएका हुन् । उनी उठ्ने क्षेत्र एमालेका अध्यक्ष केपी शर्मा ओलीको क्षेत्र हो ।

यस्तै यसअघिको स्थानीय तहको निर्वाचनमा पनि चर्चित गायक बालेन्द्र शाह बालेनले स्वतन्त्रबाट उठेर काठमाडौंको मेयरमा विजयी भएका थिए । अहिले काठमाडौंमा मेयर बालेनको कामको प्रशंसा गरिएको छ । बालेनको जितपछि निर्वाचनमा स्वतन्त्रबाट उठ्न चाहनेहरुको हौसला बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय घुस लिएको अभियोगमा नायब सुब्बाविरुद्ध मुद्दा दायर नेप्सेमा सामान्य गिरावट स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी एमाले सचिवालय बैठक जारी सुनको मूल्य बढ्यो नेपाललाई स्कटल्याण्डले दियो १९५ रनको सामान्य लक्ष्य वायु प्रदर्शनका कारण धेरैजना क्यान्सर पीडित भएका छन् : इन्दिरा राना मगर दोश्रो राष्ट्रिय कुलिनरि प्रतियोगिताको उपाधि आरोमा हस्पिटालिटि बुटवललाई मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन