2026-09-08 06:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युक्रेनकी प्रथम महिला भन्छिन् : बेलायत सिक्का गनिरहँदा हामी लाश गनिरहेका छौं

भदौ १९, काठमाडौँ | युक्रेनकी प्रथम महिला तथा राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीकी पत्नी ओलेना जेलेन्स्कीले बेलायतलाई कडा जवाफ दिएकी छिन्। उनीहरूले पैसा (सिक्का) गनिरहँदा युक्रेनले लाशहरूको संख्या गणना गरिरहेका बताएकी छन्।

एक अन्तर्वार्तामा, उनले रुस-युक्रेन युद्धले आफ्ना सहयोगीहरूलाई पार्ने प्रभावको बारेमा जवाफ दिएकी हुन्।

युक्रेनको राजधानी किभमा भएको उक्त अन्तर्वार्तामा ओलेना जेलेन्स्कीलाई यस्तो प्रश्न गरिएको थियो: बेलायतमा बढ्दो उर्जा मूल्यले जनतासँग कम विकल्प भएको र त्यसले कठिनाइ थपिरहेको छ । तपाई त्यहाँबाट हामीलाई हेरिरहेका मानिसलाई के भन्न चाहनुहुन्छ जो युक्रेनी जनताको दुख देखेर दुःखी पनि भइरहेका छन् र आफ्नो बिल तिर्न नसकेर चिन्तित पनि छन्?

सो प्रश्नको जवाफमा ओलेना जेलेन्स्कीले भनिन्, ‘म बुझ्छु कि परिस्थिति धेरै गाह्रो छ। तर कोभिड–१९ महामारीका बेला मुद्रास्फीति बढ्दै गएकोले युक्रेन पनि प्रभावित भएको थियो । युक्रेनमा मूल्य अझै बढिरहेको छ र यहाँ  मानिसहरू पनि मरिरहेका छन्। जब तपाइँहरु बैंक खाता वा खल्तीमा भएको पैसा गन्न सुरु गर्नुहुन्छ, हामी पनि गणना सुरु गर्छौं तर हामी लाशको संख्या गन्छौं।’

उनले भने, ‘केही दिनअघि खार्किभको पार्कमा हिंड्ने क्रममा एक महिलाको मृत्यु भयो । धेरै मानिस घाइते भए। यदि सहयोग बलियो भयो भने यो अवस्था छोटो समयमै बद्लिन्छ।’

ओलेना जेलेन्स्कीले युद्धले गर्दा भएको जनधनको क्षतिलाई बाहिर प्रकाशमा ल्याउनु महत्त्पूर्ण हुने कुरामा जोड दिइन्। 

यसअघि युक्रेन भ्रमणमा गएका प्रधानमन्त्री बोरिस जोनसनले युरोपमा रहेका परिवारहरूले जीवनयापनको क्रममा आइपर्ने आर्थिक संकट व्यहोर्नुपर्ने र रुसी आक्रमणविरुद्ध युक्रेनको साथमा उभिनुपर्ने बताएका थिए ।

यस वर्ष बेलायतमा मुद्रास्फीति विगत ४२ वर्षमा सबैभन्दा उच्च १३.३ प्रतिशत हुने अनुमान गरिएको छ । बैंक अफ इङ्गल्याण्डले बढ्दो ऊर्जा मूल्य मुद्रास्फीति र सुस्त वृद्धिको मुख्य कारण भएको जनाएको छ। बीबीसी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित