२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वायरलेस चार्जिङमा वैज्ञानिकलाई सफलता, बिना तार ३० मिटरसम्म टाढाको मोबाइल चार्ज गर्न सकिने

२० भाद्र २०७९, सोमबार १०:५३

भदौ १९, काठमाडौँ | हावाबाट ऊर्जा प्रसारण हुने प्रविधिको परीक्षण सफलतापूर्वक सम्पन्न भएको छ । अनुसन्धानकर्मीले इन्फ्रारेड लेजर प्रकाश प्रयोग गरेर ४०० मेगावाटको विद्युतीय ऊर्जा ३० मिटरको दूरीमा प्रसारण गर्न सफल भएको छ ।


यसमा साना उपकरणहरू चार्ज गर्न सकिने अनुसन्धानकर्ताहरूको दाबी छ । भोलिको दिनमा यो प्रविधि विस्तार हुँदै गएपछि स्मार्टफोन लगायतका उपकरणहरु पनि चार्ज गर्न सकिने उनीहरूको भनाइ छ ।

प्रयोगमा नभएको समयमा लेजरले विद्युतीय ऊर्जालाई स्वतः कम गर्ने हुनाले यो निकै नै सुरक्षित रहेको पनि बताइएको छ । यसलाई ‘डिस्ट्रिब्युटेड लेजर चार्जिङ’ भन्ने नाम दिइएको छ जुन अन्य वायरलेस चार्जिङहरूको तुलनामा प्रभावकारी र सुरक्षित हुने अनुमान गरिएको छ ।

अहिले प्रयोगमा भइरहेको वायरलेस चार्जिङमा कुनै तार प्रयोग नभएपनि डिभाइसहरू भने नजिक हुनुपर्छ अथवा चार्जिङ डिभाइसमा चुम्बकिय प्रविधि प्रयोग हुने गरेको छ ।

तर यो प्रविधिमा भने चार्जिङ डिभाइबाट चार्ज गर्नुपर्ने डिभाइस टाढा नै भएपनि हावाको माध्यमबाट प्रशारण हुने विद्युतीय उर्जामार्फत चार्ज गर्न सकिनेछ ।

यो प्रविधिलाई सामान्यीकरण गर्नका लागि भने टोलीले धेरै काम गर्नुपर्ने हुन्छ । यो प्रविधिबाट उत्पन्न हुने ऊर्जा मात्रा बढाउनु पनि उत्तिकै आवश्यक छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य