2026-07-01 06:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लकडाउनमा रहेको चीनको सिचुआन सहरमा घातक भूकम्प

भदौ २०, काठमाडौँ | चीनको दक्षिणपश्चिम क्षेत्रमा गएको ६.६ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा ४६ जनाको मृत्यु भएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ।

स्थानीय समय अनुसार दिउँसो एक बजे सिचुआन प्रान्तमा १० किलोमिटर गहिराइमा भूकम्प गएको थियो। जसका कारण त्यहाँको सञ्चारविच्छेद भएको र लगत्तै पहाडमा गएको पहिरोका कारण ‘गम्भीर क्षति’ भएका विवरणहरू सार्वजनिक भएका छन्।


गत साता सिचुआनको राजधानी चेङ्दुका करिब २१ लाख मानिसहरूलाई कोभिड नियमका कारण घरमै बस्न निर्देशन दिइएको थियो। भूकम्पको केन्द्रबिन्दु चेङ्दुबाट २२६ किलोमिटर दक्षिणपश्चिममा अवस्थित दुर्गम पहाडी क्षेत्र लुडिङ सहर रहेको चाइना अर्थक्वेक नेटवर्क सेन्टरले जनाएको छ ।

सरकारी टेलिभिजन संस्था सीसीटीभीका अनुसार यान सहरमा १७ जनाको मृत्यु भएको र अर्को छिमेकी प्रान्त गान्जीमा २९ जनाको मृत्यु भएको छ। ‘भूकम्पमा परी अन्य १६ जना बेपत्ता र ५० जना घाइते भएका छन्,’ सीसीटीभीले सोमवार अबेरको प्रसारणमा जानकारी दिएको थियो।

भूकम्पका कारण चेङ्दु र छिमेकी मेगा–सिटी चोङ्किङमा भवनहरूमा असर पुर्‍यायो,सडक अवरुद्ध भयो र दश हजारभन्दा बढी मानिसहरूको निवासमा घरमा सञ्चार प्रभावित भयो। त्यस्तै गार्जे र यान क्षेत्रका केही विद्युत् केन्द्रहरू पनि बन्द गरिएको सीसीटीभीले जनाएको छ।

सरकारी सञ्चारमाध्यमहरूका अनुसार केन्द्रबिन्दु क्षेत्रमा पाँच सयभन्दा बढी उद्धारकर्मीहरू पठाइएको छ। त्यस्तै कामदारहरू भने पहिरोका कारण निम्तिएका अवरोधहरू हटाउन सक्रिय छन्।

चेङ्दुबासीहरूका अनुसार त्यहाँका स्थानीयबासीले आफ्नो फोनमा भूकम्पपूर्व चेतावनी आएपछि आत्तिँदै अग्ला आवासीय भवनहरूबाट बाहिर निस्किएका थिए। ‘त्यहाँ मानिसहरूको भिड थियो। उनीहरू डराएर रुन थाले,’ लौरा लुओ, एक अन्तर्राष्ट्रिय पीआर सल्लाहकारले रोएटर्सलाई बताइन्।

भूकम्प सुरु हुँदा सबै कुकुरहरू भुक्न थाले र त्यो अवस्था साँच्चै धेरै डरलाग्दो थियो। ‘भुईँ तल्लामा रहेका मेरा छिमेकीहरूले त्यसको प्रभाव अझै धेरै महसुस गरेको बताए,’ चेङ्दुका चेनले एएफपीसँग भने।

‘तर हाल चेङ्दुमा महामारी व्यवस्थापनको नियम लागु रहेकोले त्यहाँका मानिसहरूलाई आफ्नो आवासीय परिसर छोड्न अनुमति छैन। त्यसैले उनीहरूमध्ये धेरै त आफ्नो आँगनमा निस्किएका थिए।’ शुक्रवार मात्र कोभिड–१९ सङ्क्रमण दर रोक्ने प्रयास स्वरूप लकडाउन गर्ने चेङ्दु पछिल्लो चिनियाँ सहर हो।

यसअघि जुन महिनामा सिचुआनमा ६.१ म्याग्निट्यूडको भूकम्प गएको थियो। सिचुआन भूकम्पको जोखिम रहेको क्षेत्र हो किनकि यो छिङहाई–तिब्बती पठारको पूर्वी सीमामा रहेको छ।

पछिल्लो भूकम्पले सन् २००८ मा उत्तरपश्चिम सिचुआनको वेनचुआन काउन्टीमा गएको ८.० म्याग्निच्युडको भूकम्प सम्झायो जसमा परी ७०,००० मानिसको ज्यान गएको थियो र जसले व्यापक भौतिक विनाश गरेको थियो। स्रोत: बीबीसी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक रास्वपाका निर्वाचित केन्द्रीय सदस्यको शपथग्रहण हुँदै सुनचाँदीको मूल्यमा गिरावट नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध