2026-09-08 06:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युरोपमा रुसमाथि प्रतिबन्ध असर– जाडो नजिकिँदा युरोपभर त्रास, विभिन्न देशमा आन्दोलन

भदौ २०, काठमाडौँ | रुस–युक्रेन द्वन्द्वका कारण पश्चिमले रुसमाथि लगाएको प्रतिबन्धको नकारात्मक असर युरोपमा पर्न थालेको छ । 

सस्तो ग्यासका लागि रुसमा निर्भर युरोपेलीहरूलाई प्रतिबन्धका कारण ग्यास महंगिएकाले जीवनयापन गर्न नै समस्या परिरहेको छ । आफूमाथि प्रतिबन्ध लगाउने मुलुकलाई रुसले सस्तोमा ग्यास देओस् पनि किन ? झन् जाडो महिना आउन लाग्दा रुसी ग्यासको सहज तथा सस्तो आपूर्तिको कुनै ठेगान नहुने देखिएकाले कसरी आफूलाई न्यानो बनाउने भन्ने आशंकामा सामान्य युरोपेलीहरूको सातोपुत्लो गएको छ । 

बढ्दो महंगीले असन्तुष्ट बनेका युरोपेलीहरूले विभिन्न देशमा विरोध गर्दै आएका छन् । बेलायतमा ऊर्जा संकट बढेपछि सर्वसाधारणले डन्ट पे यूके अर्थात् अक्टोबर महिनादेखि ग्यासको महसुल नतिर्ने अभियान चलाउन थालेका छन् । उक्त अभियानमा एक लाख ३० हजार जनाले हस्ताक्षर गरिसकेका छन् । 

त्यससँगै बेलायतमा इनफ इज इनफ अभियान पनि चलेको छ । त्यसका अभियन्ताहरूले इन्धनको मुल्य घटाउन, कर्मचारीको तलब बढाउन, सबैलाई घरको व्यवस्था गर्न, खान नपाउने स्थितिको अन्त्य गर्न र धनाढ्यमाथि कर लगाउन माग गरेका छन् ।

युरोपका अन्य देशमा पनि विरोध कार्यक्रमरू आयोजित गरिएका छन् । तर शनिवार (३ सेप्टेम्बर) चेक गणतन्त्रमा ७० हजारभन्दा बढी मानिस राजधानी प्रागको मुख्य चोकमा भेला भएर गरेको विरोध प्रदर्शनले चाहिँ युरोपेली सरकारहरूको मुटु चिसो बनाएको छ । फ्रान्समा पनि नेटोबाट बाहिरिनुपर्ने मागसहित विरोध प्रदर्शन गरिएको छ । यी प्रदर्शनहरूबाट आत्तिएको युक्रेनले युद्ध अवधिभर विरोध कार्यक्रमहरू आयोजना गर्न नदिनका लागि ईयूसँग आग्रह गरेको छ ।  

सरकारले ऊर्जाको मूल्य नियन्त्रण गर्न नसकेकोमा चेकवासीले आक्रोश व्यक्त गरे । तर त्यससँगै उनीहरूले पश्चिमी सैन्य गठबन्धन नेटो र युरोपेली संघ (ईयू) समेतको विरोध गरेकाले युरोपेली एकतामा नै प्रश्नचिह्न उठेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित