२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आईफोन १४ सिरिज सार्वजनिक,स्याटलाइट फोनको सुबिधा ! यस्ता छन् मोडेल र मूल्य

२०७९, २३ भाद्र बिहीबार ०८:३९

भदौ २३, काठमाडौँ | एप्पलले बहुप्रतिक्षित आईफोन १४ सार्वजनिक गरेको छ ।

एप्पलले नेपाली समयअनुसार हिजो ( बुधबार ) राती आइफोन १४, एप्पल वाच र एयरपड्सका नयाँ मोडल सार्वजनिक गरेको हो । हिजो राती क्यालिफोर्नियास्थित एप्पलको मुख्यालयबाट भर्चुअल रूपमा प्रोडक्ट लन्च गरिएको हो । एप्पलले चार मोडल सार्वजनिक गरेको हो । आईफोन १४, आईफोन १४ प्लस, आईफोन १४ प्रो र आइफोन १४ प्रो म्याक्स हुन ।


कम्पनीले अन्य सिरिज जस्तो आईफोन १४ सिरिजको डिजाइनमा पनि कुनै परिवर्तन गरेको छैन । यसमा पहिलेको सिरिज जस्तै पछाडिको भागमा ग्लास, धातुको किनारा र दुईदेखि तीन ओटासम्म रियर क्यामेरा रहेका छन् । आइफोन १४ मा इमर्जेन्सी एसओएस भिया ( स्याटलाइट ) सुविधा राखिएको छ । यसले फोन नलाग्ने र डाटा पनि नचल्ने अनकन्टार ठाउमा सञ्चारको सुविधा दिने कम्पनी ले जनाएको छ ।

यसले गर्दा नेपाल मा विकट ठाउँमा जहाँ टावर नहुदा स्याटेलाइट को माध्यम बाट कुराकानी वा ईन्टरनेट चलाउन सकिन्छ । यसका साथै, आइफोन १४ मा क्र्यास डिटेक्सन फिचर पनि समावेश छ । यो भनेको सवारी दूर्घटना भएमा यसबारे सुरक्षा निकाय वा उद्धारकर्तालाई स्वतः सूचना जाने सुविधा हो । यसले उद्दार कार्यमा सघाउने अपेक्षा गरिएको छ ।

आइफोन १४ को मूल्य ७९९ डलर (हालको विनिमय दरअनुसार १ लाख १ हजार रुपैयाँ), आइफोन १४ प्लसको ८९९ डलर (१ लाख १४ हजार), आइफोन १४ प्रोको ९९९ डलर (१ लाख २७ हजार) र आइफोन १४ प्रो म्याक्सको १०९९ डलर (१ लाख ४० हजार रुपैयाँ) तोकिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै