2026-10-25 06:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बेलायती महारानी एलिजावेथको ९६ वर्षको उमेरमा निधन

भदौ २४, काठमाडौँ | बेलायतको इतिहासमा सबैभन्दा लामो समय शासन गर्ने महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको छ । बेलायतको राजदरबार बकिंघम प्यालेसले एक विज्ञप्ति जारी गर्दै महारानीको मृत्यु भएको सार्वजनिक गरेको छ, जसमा भनिएको छ, ‘आज दिउँसो बालमोरल दरबारमा महारानीको शान्तिपूर्वक मृत्यु भयो ।’ बकिंघम प्यालेसअगाडि महारानीको अवस्थाबारे अपडेट पर्खिरहेको भिड उनको मृत्युको समाचार सुनेपछि स्तब्ध भएको थियो । अधिकांश रुन थालेका थिए ।

महारानी एलिजाबेथको स्वास्थ्यस्थिति बिग्रँदै गएपछि परिवार र निकट सदस्य बालमोरल दरबारमा भेला भएका थिए । डाक्टरहरूले मेडिकल पर्यवेक्षणमा राखेपछि उनका चारैजना सन्तान एबरडिननजिकैको बालमोरलमा गएका थिए । साथमा उनका नातिहरू राजुकमार विलियम र उनका भाइ ह्यारी पनि थिए । 

सन् १९५२ मा राजमुकुट पहिरिएपछि महारानी एलिजाबेथको ७० वर्षे शासनकालमा देश र विश्व धेरै परिवर्तनबाट गुज्रियो । भर्खरै दोस्रो विश्वयुद्ध सकिएपछिको अवस्थामा उनी देशको पुर्ननिर्माण, शितयुद्ध, युरोपेली संघमा बेलायतको प्रवेश र बहिरगमनको साक्षी बनिन् । उनको  शासनकालमा बेलायतमा १५ प्रधानमन्त्री फेरिए । हरेक साताजसो प्रधानमन्त्रीसँग उनले भेटघाट गर्ने परम्परा बसाएकी थिइन् ।

बेलायतको स्थानीय समयअनुसार साँझ साढे ६ मा दरबारमाथिको देशको झन्डा आधा झुकाइएको थियो । महारानी एलिजाबेथ द्वितीयको निधनपछि उनका जेठो छोरा चाल्र्स  स्वतः नयाँ राजा बनेका छन् । उनी संयुक्त अधिराज्यका अतिरिक्त १४ राष्ट्रमण्डल क्षेत्रहरूका लागि राज्य प्रमुख हुनेछन् । 

पुरा नाम एलिजाबेथ अलेक्जान्ड्रा मेरी विन्डसर रहेकी महारानी एलिजाबेथ द्वितीयको जन्म २१ अप्रिल १९२६ मा लन्डनको मेफेयरमा भएको थियो । उनी जन्मिँदा राजसिंहासनमा बस्लिन् भन्ने कल्पना कसैले गरेका थिएनन् । किनकि उनी स्वाभाविक उत्तराधिकारी थिइनन् । तर, सन् १९३६ डिसेम्बरमा तत्कालीन उत्तराधिकारी तथा एलिजाबेथको ठूलोबुबा एडवर्ड आठौँले राजगद्दीको दाबी त्यागिदिएपछि उनको पिता राजा बने । पिता जर्ज छैटौँ राजा हुँदा एलिजाबेथ १० वर्षकी थिइन् र राजाको जेठो सन्तानका रूपमा स्वतः सिंहासनको उत्तराधिकारी बनिन् । 

महारानी एलिजाबेथ द्वितीयको सन् १९४७ मा ग्रिसका युवराज फिलिपसँग विवाह भयो । उनीहरूको चार छोराछोरी, आठ नातिनातिना र १२ जना पनातिपनातिना छन् । जसमध्ये अहिले राजा बनेका चाल्स जेठो हुन् भने उनीपछि क्रमशः राजकुमारी एनी, राजकुमार एन्ड्र्यु र राजकुमार एडवर्ड छन् । एलिजाबेथ द्वितीय ६ फागुन ०४२ मा श्रीमान्का साथ दोस्रोपटक नेपालमा भ्रमणमा आएकी थिइन् । त्यसअघि उनी ०१८ मा भ्रमणमा आएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने