२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सालकको अध्ययन अनुसन्धान गर्न स्वीकृति

२८ भाद्र २०७३, मंगलवार ०३:२०

भदौ २८, बनेपा । काभ्रेपलाञ्चोकका दुई सामुदायिक वनमा दुर्लभ स्तनधारी वन्यजन्तु सालकको अध्ययन तथा अनुसन्धान गर्न वन विभागले स्वीकृति दिएको छ । 

जिल्ला वन कार्यालय, धुलिखेल र प्राकृतिक सम्पदा नेपालले संयुक्तरुपमा सोमबार बनेपाको बुडोलमा गरेको समुदायमा आधारित दुर्लभ र सङ्कटापन्न कालो सालकसम्बन्धी अन्तरक्रियामा सो जानकारी दिइएको हो । 

जिल्लाको कटुवापाखा सामुदायिक वन र बाँसखर्क सामुदायिक वनमा दुर्लभ सालकको बासस्थान बढी भेटिएकाले ती क्षेत्रमा सालकको सूक्ष्म अध्ययन तथा अनुसन्धान गर्न स्वीकृति दिइएको जिल्ला वन कार्यालय, काभ्रेपलाञ्चोकले जनाएको छ । 

गैरसरकारी संस्था प्राकृतिक सम्पदा नेपालले क्यामेरा ट्र्यापिङमार्फत नै स्तनधारी वन्यजन्तु सालकको अध्ययन तथा अनुसन्धान गर्ने अनुसन्धानकर्ता प्रतिभा कसपालले जानकारी दिनुभयो । 

“यो अत्यन्तै लजालु स्वभाव र संवेदनशील भएकाले यसको अध्ययन जटिल भएको छ”, उहाँले भन्नुभयो । अनुसन्धानकर्ता कसपालले सालक संरक्षणमा सरकारी क्षेत्रबाट ध्यान नदिएको गुनासो गर्दै सालकको संवेदनशीलता विषयमा सामुदायिक वन उपभोक्तालाई तालिम दिएर सालक संरक्षणमा सक्षम बनाउने बताउनुभयो । 

जिल्ला वन कार्यालय, काभ्रेपलाञ्चोकका वन अधिकृत प्रेम खनालले सालक संरक्षणका लागि खास बजेट नभएको उल्लेख गर्दै जिल्लाको रातो माटो भएको र चौडापाते वनमा यसको बासस्थान रहेको जानकारी दिनुभयो । नेपालमा कालो सालक र तामे, रातो सालक पाइन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ