भदौ २९, काठमाडौँ । सर्वोच्च अदालतका बहालवाला न्यायाधीशहरु संसदीय समितिमा नजाने भएका छन् ।
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले नाम मुछेपछि न्यायाधीशहरुलाई पनि समितिले बोलाएको थियो। समितिले बोलाएपछि बसेको फुलकोर्टको बैठकले सहभागी नहुने निर्णय गरेको हो ।