2026-09-08 05:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युक्रेनको ठूलो बाँधमा रुसी क्षेप्यास्त्र आक्रमण, बाढीको खतरा उच्च

भदौ ३०, काठमाडौँ | दक्षिणी युक्रेनको एउटा मुख्य बाँधमा रुसी क्षेप्यास्त्र आक्रमण भएका कारण त्यहाँको सहरका अधिकारीहरूले बासिन्दाहरूलाई बाढीको खतरा भएकाले अन्यत्र जान भनेका छन्।

क्रिभी रिहको दुई जिल्लाका करिब २२ वटा बस्तीका मानिसहरू जोखिममा परेको नगर प्रमुख ओलेक्सान्डर भिल्कुलले बुधवार चेतावनी दिएका छन्।

बाँध फुटेको ठाउँमा एक सय क्युबिक मिटर प्रति सेकेन्ड (क्युसेक)को गतिमा पानी ओइरिएको र त्यसैका कारण इन्हुलेट्स नदीमा जलस्तर खतरनाक ढङ्गले बढिरहेको उनीहरूले बताएका छन्।

आफूले गरेका प्रत्याक्रमणको बदलामा रुसले उक्त आक्रमण गरेको युक्रेनले बताएको छ।

युक्रेनले रुसलाई पछाडि धकेल्दा पुटिनलाई के फरक पर्छ?

जेलेन्स्कीले भने ‘कायर’

बुधवार काराचुनिभ्स्के जलाशयमा आक्रमण भएपछि राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसलाई ‘आतङ्कवादी राज्य’को संज्ञा दिए।

“गैरसैनिकसँग लड्ने तिमीहरू कायर हौ,” बुधवार अबेर सम्बोधन गर्दै जेलेन्स्कीले भने। क्रिभी रिह जेलेन्स्कीको जन्मस्थान पनि हो।

“युद्धमैदानबाट भागेका बदमासहरूले टाढाबाट हानि पुर्‍याउन खोजिरहेका छन्।”

उनको सङ्केत पछिल्ला समयमा युक्रेनको तेज प्रत्याक्रमणमा खासगरी उत्तरपूर्वी खार्किभ क्षेत्रमा मिलेको सफलतातर्फ थियो।

ती प्रत्याक्रमणमा युक्रेनी सेनाले थुप्रै भूभागमा पुन: नियन्त्रण कायम गरेको र रुसी सेना पछाडि हटेको दाबी गरिएको छ।

युक्रेनको सफलताको स्तरबारे गरिएका दाबीको बीबीसीले पुष्टि गर्न सकेको छैन।

आफ्नो सम्बोधनमा जेलेन्स्कीले उक्त जलाशयको कुनै सैन्य महत्त्व नभएको बताए।

खानेपानी आपूर्ति प्रभावित

सो आक्रमणका कारण सहरमा खानेपानी आपूर्ति प्रभावित भएको छ। रुसले फेब्रुअरी २४ मा युक्रेन अतिक्रमण थाल्नु अघि सो सहरमा ६ लाखभन्दा धेरै जनसङ्ख्या थियो। मस्कोले क्षेप्यास्त्र आक्रमणबारे टिप्पणी गरेको छैन।

यसअघि रुसी सेनाले ऊर्जा उत्पादन केन्द्रहरूमा आक्रमण गरेको स्वीकार गरेको थियो जसले गर्दा गत सप्ताहान्त पूर्वी युक्रेनका दशौँ लाख मानिसहरू अन्धकारमा बस्नु परेको थियो।

बुधवार बिहान जेलेन्स्कीले हालै युक्रेनले नियन्त्रणमा लिएको इज्यम सहरको भ्रमण गरे।

त्यहाँ उनले प्रत्याक्रमणमा सामेल सैनिकहरूप्रति आभार प्रकट गरे। देशका हरेक सहर तथा गाउँमा युक्रेनी झन्डा फेरि फहराउने उनले वाचा गरे।

युक्रेनी प्रत्याक्रमणको गतिबाट रुसी सेना चकित परेको देखिन्छ। मस्कोका फौज पहिचान लुकाउन आफ्ना सैन्य बर्दी फुकालेर गैरसैनिकसँग मिसिन थालेका विवरण आएका छन्।

खार्किभ क्षेत्रका केही नगरहरूबाट आफ्ना फौज फिर्ता भएको रुसले बताएको छ। तर त्यसलाई फौजको पराजय भएको नभइ पुनर्सङ्गठित हुन लागेको भनेर उसले व्याख्या गरेको छ।

रुसको उक्त दाबीलाई पश्चिमा तथा रुसमै पनि हास्यास्पद मानिएको छ।

युद्धअपराधका आरोप

किएभका फौज रुसी नियन्त्रणमा रहेका इलाकाहरूमा फर्किन थालेसँगै त्यहाँ रुसले युद्धअपराध गरेका आरोपहरू लाग्न थालेका छन्।

बालाक्लीया नगरका स्थानीयबासिन्दाहरूले त्यहाँ रुसी फौजले नगर प्रहरी कार्यालयमा गैरसैनिकहरूलाई यातना दिने गरेको  बताए। रुसले गैरसैनिकलाई निशानामा नपारेको भन्दै आएको छ।

अझैपनि रुसले युक्रेनको पाँच भागको एक भागमा नियन्त्रण गरिरहेको छ। तर युद्धको सुरुवातमै रुसको कब्जामा पुगेका पूर्वी डन्बास क्षेत्रका नगरहरू समेत अहिले युक्रेनी सेनाको निशानामा परेका छन्। त्यहाँ पछिल्ला दिनमा चर्को लडाईँ भइरहेका विवरण आएका छन्।

राजधानी किएभसहित उत्तर तथा उत्तरपूर्वका युक्रेनी सहर कब्जा गर्न विफल भएपछि मस्कोले डन्बास क्षेत्रमा ध्यान केन्द्रित गरेको बताएको थियो। उक्त क्षेत्रका केही भाग त रुसी अतिक्रमण पूर्व नै रुस समर्थित विद्रोहीहरूको नियन्त्रणमा थिए। सोमवार क्रेम्लिनले उसको सैन्य कारबाही सुरुमा तय गरिएका सबै उद्देश्य प्राप्ति नभएसम्म जारी रहने बताएको छ। बिबिसिबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित