भदौ ३०, काठमाडौँ | के तपाईंको फोनमा आज ”यो मोबाइल एमडीएमएस प्रणालीमा दर्ता भएको छ ।” भन्ने मेसेज आयो ? यदि छ भने ढुक्क हुनुहोस् । तपाईंलाई मात्र होइन नेपाल दूरसञ्चार प्राधिकरणले आज बिहीबार नेपालमा भएका सम्पूर्ण फोनमा यस्तै मेसेज पठाइरहेको छ ।<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ३०, काठमाडौँ | के तपाईंको फोनमा आज ”यो मोबाइल एमडीएमएस प्रणालीमा दर्ता भएको छ ।” भन्ने मेसेज आयो ? यदि छ भने ढुक्क हुनुहोस् । तपाईंलाई मात्र होइन नेपाल दूरसञ्चार प्राधिकरणले आज बिहीबार नेपालमा भएका सम्पूर्ण फोनमा यस्तै मेसेज पठाइरहेको छ ।<"/>
2026-09-18 11:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

किन आइरहेको छ “यो मोबाइल एमडीएमएस प्रणालीमा दर्ता भएको छ” भन्ने मेसेज ?

भदौ ३०, काठमाडौँ | के तपाईंको फोनमा आज ”यो मोबाइल एमडीएमएस प्रणालीमा दर्ता भएको छ ।” भन्ने मेसेज आयो ? यदि छ भने ढुक्क हुनुहोस् । तपाईंलाई मात्र होइन नेपाल दूरसञ्चार प्राधिकरणले आज बिहीबार नेपालमा भएका सम्पूर्ण फोनमा यस्तै मेसेज पठाइरहेको छ ।

कतिपय फोनमा एमडीएमएम प्रणालीमा फोन दर्ता भएको मेसेज गएको छ भने कतिपयमा हालसम्म पनि नगएको हुनसक्छ । आखिर किन आज फोनमा यस्तो मेसेज आएको होला? यस्तो मेसेज नआउँदा मोबाइल के हुन्छ त ?  

लामो समयपछि अन्ततः नेपाल दूरसञ्चार प्राधिकरणले आज बिहीबारबाट नेपालमा मोबाइल डिभाइस मेनेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली आधिकारिक रूपमा सुरुवात गरेको छ । यो प्रणाली लागू भएसँगै नेपाल दूरसञ्चार प्राधिकरणमा आईएमईआई नम्बर दर्ता भएका फोन बाहेक अन्य फोनमा सिम सपोर्ट गर्दैन ।

यसको अर्थ तपाईंले आजबाट कुनै पनि फोन नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएमएस प्रणालीमा दर्ता नगरी प्रयोग (सिमबाट फोन गर्न, एसएमएस पठाउन वा इन्टरनेट चलाउन) गर्न सक्नुहुन्न । 

तपाईंको मोबाइलमा आएको मेसेजको अर्थ भने तपाईंको फोन एमडीएमएस प्रणालीमा दर्ता भइसकेको छ भन्ने जानकारी हो ।यदि हालसम्म आएको छैन भने पनि चिन्ता नलिनुहोस् । उक्त फोन पनि दर्ता भइसकेको छ वा दर्ता हुने प्रक्रियामा छ । यदि तपाईंको फोन आज (२०७९ भाद्र ३०) भन्दा अघि खरिद गर्नु भएको थियो वा बाहिरबाट ल्याउनु भएको थियो भने ति सबै फोन स्वतः एमडीएमएस प्रणालीमा दर्ता भएका छन् ।

अब भाद्र ३० पछि बाहिरबाट ल्याएको फोनको अवस्था के हुन्छ भन्ने धेरैको जिज्ञासा हुनसक्छ । त्यसका लागि पनि दूरसञ्चार प्राधिकरणले अर्को नीति ल्याएको छ । जसअन्तर्गत फोन बाहिरबाट आएको १५ दिनभित्र एमडीएमएसमा दर्ता गरिसक्नु पर्ने हुन्छ । यदि सो समयावधिभित्र दर्ता नभएको खण्डमा भने दूरसञ्चार प्राधिकरणले उक्त फोन रेडलिस्टमा राख्छ । रेडलिस्टमा परेसँग उक्त फोनले नेपालकाे कुनै पनि नेटवर्क सपोर्ट गर्दैन् ।

यसको अर्थ उक्त फोनमा नेपालको कुनै पनि सिम सपोर्ट हुने छैनन् । यसअघि फोन बाहिरबाट ल्याउनु भएको छ भने कुनै किसिमको दर्ताको काम गर्नु पर्दैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई