५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सन्दीप लामिछाने सिंगापुरमा, किन फर्किएनन् नेपाल ?

३१ भाद्र २०७९, शुक्रबार ०५:१२

भदौ ३१, काठमाडौँ | १७ वर्षीया नाबालिगमाथि  बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछाने हाल सिंगापुरमा रहेको खुलेको छ । 

जमैकाबाट सिंगापुर आएका उनले त्यहीँ बसेर कानूनी परामर्श गरिरहेका छन् । क्रिकेट लिग खेल्नका लागि जमैकामा रहेका सन्दीपले यौनजन्य कसुरको आरोप लागेपछि आफू केही दिनमा नेपाल आउने बताएका थिए । तर, नेपालका कानून व्यवसायीसँग सल्लाह गरेपछि उनी मन बदलेर सिंगापुरतिर लागेको बुझिएको छ । उनलाई कानूनी परामर्श दिन अधिवक्ता सरोज घिमिरे नेपालबाट गएको स्रोतले जानकारी दियो ।


प्रहरीमा सन्दीपविरुद्ध जाहेरी दर्ता भएपछि नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई सम्पर्क गरेको थियो । त्यसबेला सन्दीपले आफू चाँडै नेपाल आउने भन्दै कानूनी प्रक्रियामा सहायताका लागि क्यानसँग आग्रह गरेका थिए । तर, जमैकाबाट हिँडेपछि उनी क्यानको सम्पर्कमा छैनन् । उनी आफैं हिसाबले कानूनी लडाईं लड्ने तयारी गरिरहेका छन् ।

सन्दीप तत्काल नेपाल नआइकन मुद्दा लड्न सकिने विकल्पहरु खोजिरहेको स्रोतको भनाइ छ ।‘यदि नेपालको अदालतले दोषि ठहर्याएर सजाय सुनाएको खण्डमा एकैपटक जेल बस्ने गरी फर्किने सोचमा हुनुहुन्छ, तर राय–सल्लाह लिने क्रम जारी छ,’ सन्दीप निकट स्रोतले जानकारी दियो ।

सन्दीपमाथि अनुसन्धान गरिरहेको प्रहरी उनको पर्खाइमा छ । सन्दीपले आफैं नेपाल आउने र कानूनी लडाईं लड्ने बताएकाले प्रहरीले थप कदम चाल्नु आवश्यक ठानेको छैन । तर, यदि उनी नेपाल आउन ढिलाइ गरेको खण्डमा इन्टरपोलमार्फत पक्राउ गर्नुपर्ने हुनसक्ने प्रहरी स्रोत बताउँछ ।

‘नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाइरहेको खेलाडीलाई पक्राउ गर्नका लागि इन्टरपोललाई सूचित गर्नुपर्यो भने त्यो अत्यन्त दुखदायी हुन्छ,’ प्रहरी स्रोत भन्छन्, ‘देशकै प्रतिष्ठा धुमिल हुन सक्ने भएकाले उनी चाँडोभन्दा चाँडो आफैं आएर प्रहरीमा उपस्थित हुने सम्मानजनक विकल्प हो ।’

सन्दीपले चाहेजस्तो आफू उपस्थित नभइकन कानूनी लडाईं लड्न सक्ने अवस्था भने देखिँदैन । देवानी मुद्दामा वारेसमार्फत लड्न सकिने प्रावधान भए पनि फौजदारी मुद्दामा त्यस्तो सुविधा हुँदैन । त्यसैले सम्भवतः उनी केही दिनमा नेपाल फर्किनैपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर