२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सन्दीप लामिछाने सिंगापुरमा, किन फर्किएनन् नेपाल ?

२०७९, ३१ भाद्र शुक्रबार ०५:१२

भदौ ३१, काठमाडौँ | १७ वर्षीया नाबालिगमाथि  बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछाने हाल सिंगापुरमा रहेको खुलेको छ । 

जमैकाबाट सिंगापुर आएका उनले त्यहीँ बसेर कानूनी परामर्श गरिरहेका छन् । क्रिकेट लिग खेल्नका लागि जमैकामा रहेका सन्दीपले यौनजन्य कसुरको आरोप लागेपछि आफू केही दिनमा नेपाल आउने बताएका थिए । तर, नेपालका कानून व्यवसायीसँग सल्लाह गरेपछि उनी मन बदलेर सिंगापुरतिर लागेको बुझिएको छ । उनलाई कानूनी परामर्श दिन अधिवक्ता सरोज घिमिरे नेपालबाट गएको स्रोतले जानकारी दियो ।


प्रहरीमा सन्दीपविरुद्ध जाहेरी दर्ता भएपछि नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई सम्पर्क गरेको थियो । त्यसबेला सन्दीपले आफू चाँडै नेपाल आउने भन्दै कानूनी प्रक्रियामा सहायताका लागि क्यानसँग आग्रह गरेका थिए । तर, जमैकाबाट हिँडेपछि उनी क्यानको सम्पर्कमा छैनन् । उनी आफैं हिसाबले कानूनी लडाईं लड्ने तयारी गरिरहेका छन् ।

सन्दीप तत्काल नेपाल नआइकन मुद्दा लड्न सकिने विकल्पहरु खोजिरहेको स्रोतको भनाइ छ ।‘यदि नेपालको अदालतले दोषि ठहर्याएर सजाय सुनाएको खण्डमा एकैपटक जेल बस्ने गरी फर्किने सोचमा हुनुहुन्छ, तर राय–सल्लाह लिने क्रम जारी छ,’ सन्दीप निकट स्रोतले जानकारी दियो ।

सन्दीपमाथि अनुसन्धान गरिरहेको प्रहरी उनको पर्खाइमा छ । सन्दीपले आफैं नेपाल आउने र कानूनी लडाईं लड्ने बताएकाले प्रहरीले थप कदम चाल्नु आवश्यक ठानेको छैन । तर, यदि उनी नेपाल आउन ढिलाइ गरेको खण्डमा इन्टरपोलमार्फत पक्राउ गर्नुपर्ने हुनसक्ने प्रहरी स्रोत बताउँछ ।

‘नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाइरहेको खेलाडीलाई पक्राउ गर्नका लागि इन्टरपोललाई सूचित गर्नुपर्यो भने त्यो अत्यन्त दुखदायी हुन्छ,’ प्रहरी स्रोत भन्छन्, ‘देशकै प्रतिष्ठा धुमिल हुन सक्ने भएकाले उनी चाँडोभन्दा चाँडो आफैं आएर प्रहरीमा उपस्थित हुने सम्मानजनक विकल्प हो ।’

सन्दीपले चाहेजस्तो आफू उपस्थित नभइकन कानूनी लडाईं लड्न सक्ने अवस्था भने देखिँदैन । देवानी मुद्दामा वारेसमार्फत लड्न सकिने प्रावधान भए पनि फौजदारी मुद्दामा त्यस्तो सुविधा हुँदैन । त्यसैले सम्भवतः उनी केही दिनमा नेपाल फर्किनैपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित