५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बङ्गलादेशले दिएको सहयोग पाकिस्तानद्वारा अस्वीकार

३१ भाद्र २०७९, शुक्रबार ०६:०२

भदौ ३१, काठमाडौँ | बाढी पहिरोबाट अत्यन्त प्रभावित भएर ठूलो क्षति भोगिरहेको पाकिस्तानले बङ्लादेशले दिएको सहयोग अस्वीकार गरेको छ । बाढी पहिरोका कारण आर्थिक तथा उपभोग्य सामग्रीहरुको अभाव भइरहेकाले राहत पुगोस् भन्ने उद्धेश्यले पाकिस्तानलाई एक करोड ४० लाख टाका सहयोग रकम दिने बङ्लादेशले प्रस्ताव गरेको थियो । 

मानवीय सहायता गर्नु छिमेकी मुलुकको हैसियतले कर्तव्य हुने ठानेर सहयोग गर्न लागेको बङ्लादेशका प्रधानमन्त्री शेख हसिनाले घोषणा गरेकी थिइन् । तर पाकिस्तानले भने बङ्लादेशको सहयोग स्वीकार नगर्ने जवाफ दिएको छ । 

Pakistan rejects flood donation worth $145, from Bangladesh

बङ्लादेशको यस्तो सहयोग लिँदा विश्व समुदायमा आफ्नो देशको छविमा नकारात्मक असर पर्ने पाकिस्तानको भनाइ छ ।  

बङ्लादेशको प्रकोप व्यवस्थापन तथा राहत मन्त्रालयले १० टन बिस्कुट, १० टन सुख्खा केक, एक लाख पानी शुद्धिकरण गर्ने ट्यावलेट, ५० हजार सलाईन, पाँच हजार मच्छेडदानी, दुई हजार ब्लाङ्केट र दुई हजार पाल पाकिस्तानलाई सहयोग स्वरुप दिने निर्णय गरेको थियो ।

सन् १९७१ मा पाकिस्तानबाट छुट्टिएर नयाँ देश बनेको बङ्लादेशले विगतमा नमिठा सम्बन्ध र घटना भएपनि सङ्कट परेका बेला एकले अर्कोलाई सहयोग गर्नुपर्ने ठानेर पाकिस्तानलाई सहयोग गर्ने निर्णय गरेको बङ्लादेशी अधिकारीहरूको भनाइ छ ।  

पाकिस्तानको प्रकोप व्यवस्थापन प्राधिकरणका अनुसार पाकिस्तानमा आएको पछिल्लो बाढी पहिरोबाट कम्तीमा एक हजार ३०० भन्दा बढीको मृत्यु भएको छ । मृत्यु भएकामध्ये ४५० जना बालबालिका रहेका छन् ।  

अत्यधिक बर्षापछिका घटनामा परी तीन करोड ३० लाख मानिस प्रत्यक्ष प्रभावित भएको पनि प्राधिकरणले जनाएको छ । 

पाकिस्तानमा गत मध्य जुनदेखि आएको मनसुनपछिका घटनाबाट अनपेक्षित रूपमा धेरै क्षति भएको प्राधिकरणको भनाइ छ । बाढी पहिरोले सबैभन्दा बढी क्षती सिन्ध प्रान्तमा गरेको छ । 

बाढी पहिरोबाट प्रभावित भएकाहरुलाई खोजी, उद्धार तथा राहतका लागि प्राधिकरणका अधिकारीहरु, स्वयमसेवकहरु, गैरसरकारी संघ संस्थाका पदाधिकारीलगायत अहिले पनि खटिएका छन् । 

बढी पहिरोबाट प्रभावित भएकाहरुको सङ्ख्या दैनिक रुपमा बढ्दै गइरहेको प्राधिकरणका अधिकारीहरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता