2026-09-19 02:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बागलुङमा ‘लिफ्ट’ प्रणालीको खानेपानी आयोजना बन्दै

भदौ २८, बागलुङ । जिल्लाको नारायणस्थान गाविसमा ‘लिफ्ट’ प्रणालीको खानेपानी आयोजना निर्माण सुरु भएको छ । 

सरकार र उपभोक्ताको लगानीमा बन्न लागेको ‘बलेवा नारायस्थान सहलगानी खानेपानी आयोजना’बाट त्यस क्षेत्रका एक हजार २५ घरधुरी प्रत्यक्ष लाभान्वित हुनेछन् । रु १० करोड ५५ लाख ७७ हजारको लागतमा बन्ने आयोजना निर्माणको जिम्मा वसन्त एण्ड चन्द कन्स्ट्रक्सन ललितपुरले लिएको छ । 

कालीगण्डकी नदीबाट विद्युतीय ऊर्जामार्फत ‘लिफ्टिङ’ गरी ३२० मिटर माथि रहेको ट्याङ्कीमा पानी पु¥याइनेछ । दुई लाख लिटर क्षमताको सो ट्याङ्कीबाट उपभोक्ताकहाँ पानी वितरण गरिने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख पूर्णप्रसाद उपाध्यायले जानकारी दिनुभयो । 

सरकारको ७० प्रतिशत, स्थानीय उपभोक्ताको १० र बाँकी २० प्रतिशत जनश्रमदानबाट रकम जुटाइने उपाध्यायले बताउनुभयो । “सहलगानीको अवधारणाबाट आयोजना निर्माण हुन लागेको हो,” उहाँले भन्नुभयो । ‘लिफ्ट’ प्रणालीबाट बन्न लागेको यो जिल्लाकै पहिलो ठूलो आयोजना हो । 

बस्तीदेखि तल रहेको मुहानबाट खानेपानी वितरण गर्न यो प्रविधि लाभदायी मानिएको छ । जिल्लाका अन्य ठाउँमा पनि सौर्य ऊर्जा प्रयोग गरेर यस्तै प्रविधिबाट खानेपानी वितरण गरिएको छ । आयोजना बनेपछि बलेवा क्षेत्रका करिब पाँच हजार घरधुरी लाभान्वित हुने आयोजनाका अध्यक्ष चक्रबहादुर खत्रीले बताउनुभयो । विसं २०७४ मङ्सिरसम्ममा आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ । 

आयोजना क्षेत्रमा पानी परीक्षण प्रयोगशाला, कार्यालय भवनसँगै २० वटा ‘भल्व च्याम्बर’ निर्माण गरिनेछ । हालसम्म आयोजनामा ‘आरसिसी ग्राउन्ड’ निर्माणका लागि रु ५७ हजार खर्च भइसकेको र चालु आवका लागि रु ४० हजार विनियोजन भएको डिभिजन कार्यालयले जनाएको छ । 

यस्तै प्रकृतिको आयोजना यहाँको प्रसिद्ध कालिका भगवती मन्दिर परिसरमा पनि निर्माणाधीन छ । एकसय ६५ मिटर तलबाट कालीगण्डकीको पानीलाई सौर्य ऊर्जा प्रणालीबाट ‘लिफ्ट’ गरेर मन्दिर क्षेत्रमा ल्याउन लागिएको छ भने दैनिक २५ हजार लिटरका दरले आपूर्ति हुने पानीलाई विभिन्न प्रयोजनका लागि प्रयोग गरिने बताइएको छ । सरकारको ८० तथा कालिका गुठीको २० प्रतिशत गरी रु दुई करोड ६० लाखको लागतमा सो आयोजना बन्न लागेको हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई