१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भिभोको ‘वाई ३५’ र ‘वाई २२’ स्मार्टफोन नेपाली बजारमा, यस्तो छ मूल्य र फिचर

२ आश्विन २०७९, आईतवार ०८:२१

असोज २, काठमाडौँ | नेपाली बजारमा चिनियाँ ब्रान्ड भिभोले ‘वाई’ सिरिज अन्तर्गत दुई नयाँ स्मार्टफोन भित्र्याएकाे छ । यसअन्तर्गत कम्पनीले ‘भिभो वाई ३५’ र ‘वाई २२’ उपलब्ध गराएको हो ।

‘वाई २५ ’ लाई कम्पनीले स्टाइलिस फोनको उपनाम दिएको छ । यसमा ६.५ इन्चको आईपीएस एलसीडी डिस्प्ले समावेश छ । क्वालकम एसएम६२२५ स्न्यापड्रागन ६८० फोरजी चिपसेटद्वारा सञ्चालित फोन एन्ड्रोइड ११ अपरेटिङ सिस्टममा आधारित छ ।


त्यस्तै यो मोडेलमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा, २ मेगापिक्सेलको म्याक्रो क्यामेरा र २ मेगापिक्सेलको डेफ्थ सेन्सर छ । सेल्फीका लागि १६ मेगापिक्सेलको क्यामेरा छ ।

यस फोनमा ५००० एमएएच क्षमताको ब्याट्री रहेको छ भने ४४ वाटको फास्ट चार्जर समावेश गरिएको छ ।

नेपालमा उपलब्ध हुने भिभो वाई ३५ मोडेलमा ८ जीबी र्‍याम र १२८ जीबी इन्टर्नल स्टोरेज छ । कम्पनीले यसको मूल्य ३० हजार ९९९ रूपैयाँ कायम गरेको छ ।

त्यस्तै कम्पनीले सार्वजनिक गरेको अर्को ‘वाई’ सिरिजको फाेन ‘भिभो वाई २२’ मा ६.५५ इन्चको आईपीएस एलसीडी डिस्प्ले रहेको छ ।

मिडियाटेक हेलियो जी८५ प्रोसेसरद्वारा सञ्चालित यो फोन एन्ड्रोइड १२ अपरेटिङ सिस्टममा आधारित छ ।

यस फोनमा दुई ओटा रियर क्यामेरा छ, जसमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा र २ मेगापिक्सेलको म्याक्रो सेन्सर समावेश छन् । त्यसैगरी सेल्फी पारखीका लागि ८ मेगापिक्सेलको सिङ्गल क्यामेरा छ ।

यस फोनमा ५००० एमएएच क्षमताको ब्याट्री रहेको छ भने १८ वाटको फास्ट चार्जिङ समावेश उपलब्ध गराइएको छ ।

४ जीबी र्‍याम र ६४ जीबी इन्टरनल स्टोरेज भेरियन्टकाे यो फोनको मूल्य २२ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट