भदौ २८, चितवन । चितवन जिल्ला अदालतले न्याय सम्पादन चुस्त र दुरुस्त पार्न ११ बुँदै प्रतिबद्धता सार्वजनिक गरेको छ । 

अदालतका न्यायाधीश टेकनारायण कुँवरले चोरी, ठगी, लागु औषध, मानव बेचबिखनलगायतका गम्भीर प्रकृतिमा मुद्दालाई प्राथमिकतामा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २८, चितवन । चितवन जिल्ला अदालतले न्याय सम्पादन चुस्त र दुरुस्त पार्न ११ बुँदै प्रतिबद्धता सार्वजनिक गरेको छ । 

अदालतका न्यायाधीश टेकनारायण कुँवरले चोरी, ठगी, लागु औषध, मानव बेचबिखनलगायतका गम्भीर प्रकृतिमा मुद्दालाई प्राथमिकतामा "/>

2026-06-24 03:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

न्याय सम्पादन चुस्त पार्न अदालतको ११ बुँदे प्रतिबद्धता

2016-09-13

भदौ २८, चितवन । चितवन जिल्ला अदालतले न्याय सम्पादन चुस्त र दुरुस्त पार्न ११ बुँदै प्रतिबद्धता सार्वजनिक गरेको छ । 

अदालतका न्यायाधीश टेकनारायण कुँवरले चोरी, ठगी, लागु औषध, मानव बेचबिखनलगायतका गम्भीर प्रकृतिमा मुद्दालाई प्राथमिकतामा राखेर ११ बुँदे प्रतिबद्धता सार्वजनिक गरी न्याय सम्पादनको काम अघि बढाइएको जानकारी दिनुभयो । 

‘गम्भीर प्रकृतिका मुद्दा रोकिँदैनन्, नटुङ्गिदासम्म निरन्तर बहस जारी राखिने छ भन्दै उहाँले सरल र सहज न्यायका लागि हामीले प्रतिबद्धता सार्वजनिक गरेका हौं ।’ 

कतिपय मुद्दा आएपछि पूर्व सुनुवाई गरेर सकेसम्म मिलाउने प्रयत्नमा अदालत लागेको जानकारी दिँदै न्यायाधीश कुँवरले पारिवारिक मुद्दा १५ दिनमै मिलापत्र भएका छन् भन्नुभयो । 

दायर भएका मुद्दा एक वर्षभित्र टुङ्ग्याउने, गम्भीर प्रकृतिका मुद्दा नरोक्ने, मेलमिलापलाई जोड दिने, महिला बालबालिका वृद्धवृद्धालाई छुट्टै सेवा दिने, सामान्य प्रकृतिका मुद्दा सकेसम्म मिलापत्र गराउने, फैसला कार्यान्वयनमा जोड दिने, मुस्कानसहितको सेवा दिने, समुदायमा अदालत छ भनेर नागरिक सुनुवाइ कार्यक्रम चलाइने, सरोकारवालासँग संवाद गर्नेजस्ता विषय प्रतिबद्धतापत्रमा उल्लेख भएको अदालतले जनाएको छ । 

उक्त अदालतमा अहिले छ न्यायाधीशले न्याय सम्पादन गर्दे आएका छन् ।  गएको वर्ष सो अदालतले तीन हजार ३०० मुद्दा फछ्र्योट गरेको र फछ्र्योट हुन बाँकीमध्ये दुई वर्ष नाघेका एउटा मात्रै मुद्दा छ । त्यस्तै १८ महिना नाघेका १४ र एकवर्ष नाघेका एकसय १६ वटा मुद्दा फछर्योट हुन बाँकी रहेको बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ