२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

५९ वर्षमा पहिलो पटक पृथ्वीको यति नजिक आउँदै वृहस्पति ग्रह !

२०७९, ५ आश्विन बुधबार १०:०१

एजेन्सी | सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह वृहस्पति धर्तीको निकै नजिक आउँदैछ । यसदिन वृहस्पति सूर्यभन्दा ठिक विपरित दिशामा हुनेछ । पृथ्वीबाट २५ सेप्टेम्बर र २६ सेप्टेम्बरमा यस्तो देखिनेछ । वृहस्पतिको यो दिशा परिवर्तन हुने यो स्थितिलाई वैज्ञानिक भाषामा अपोजिशन भनिन्छ, ५९ वर्षपछि एउटा दुर्लभ खगोलीय घटना हुने भएको हो ।


वृहस्पति ग्रहका लागि अपोजिशन एक सामान्य प्रक्रिया हो । हरेक १३ महिनामा एक पटक हुन्छ । हरेक वर्ष पृथ्वी र वृहस्पति एकपटक एकअर्काको नजिक आउँछन् । तर यसपटक २५ सेप्टेम्बर र २६ सेप्टेम्बरमा जुन घटना हुँदैछ, त्यो दुर्लभ छ । यो ५९ वर्षमा पहिलो पटक हुन लागेको हो । यतिबेला पृथ्वी र वृहस्पति एक अर्काको निकै नजिक हुनेछन् जसका कारण तपाईंले आकाशमा वृहस्पति ग्रहलाई एउटा ठूलो चम्किलो ताराको रुपमा देख्नुहुनेछ । यदि आकाश सफा रहे तपाईंले टेलिस्कोपको मद्दतले यसको चन्द्रमा र यो ग्यासयुक्त ग्रहलाई आरामले हेर्न सक्नुहुन्छ ।

अलबामास्थित नासाको मार्शल स्पेस फ्लाइट सेन्टरमा रिसर्च एस्ट्रोफिजिसिस्ट एडम कोबेलस्कीले २६ सेप्टेम्बरलाई विशेष दिन भनेका छन् । उनका अनुसार त्योभन्दा अघि र त्यसको केही दिनपछि सम्म वृहस्पतिलाई खुल्ला आँखाले एउटा चम्किलो ताराको रुपमा देख्न सकिन्छ । यसका लागि मौसम राम्रो, आकाश कालो र प्रदुषण मुक्त हुनुपर्ने उनको भनाई छ । उनका अनुसार त्यस दिन आकाशमा चन्द्रमा पछि सबैभन्दा चम्किलो वस्तु जे देखिन्छ त्यो वृहस्पति ग्रह हो भनेर बुझ्नुपर्छ ।

धर्तीले सूर्यको चक्कर ३६५ दिनमा लगाउँछ । वृहस्पति ४३३३ दिनमा सूर्यको चक्कर लगाउँछ । अर्थात धर्तीको १२ वर्ष बराबर । २५ र २६ सेप्टेम्बरमा धर्तीबाट वृहस्पतिको दुरी ५९ करोड किलोमिटर हुनेछ । जबकी साधारणतया अधिकतम दुरी ९६ करोड किलोमिटर हुन्छ । यसअघि वृहस्पति हाम्रो धर्तीको यति नजिक सन् १९६३ मा भएको थियो । नजिक हुनुको अर्थ वैज्ञानिकका लागि अनुसन्धानका लागि उत्कृष्ट मौका ।

वृहस्पतिका चार चन्द्रमा पनि देखिनेछन्

एडम कोबेलस्कीले बताए अनुसार यदि तपाईंसँग राम्रो दुरबिन वा टेलिस्कोप छ भने तपाईंले वृहस्पति ग्रहको मुख्य रेखा, तीन–चार रेखाहरु वा उक्त ग्रहसँग घुम्ने चन्द्रमालाई देख्न सक्नुहुनेछ । महान वैज्ञानिक ग्यालिलियोले वृहस्पतिको चन्द्रमालाई १७ औँ शताब्दिमा पत्ता लगाएका थिए । वृहस्पति ग्रहसँग ७९ वटा चन्द्रमा छन्, यसको संख्या बढ्न पनि सक्छ । यीमध्ये सबैभन्दा ठूला लो, युरोपा, गेनिमेड र क्यालिस्टो हुन् । यी सबै चन्द्रमा वृहस्पतिको चारैतर्फ घुम्छन् र चम्किलो बिन्दुजस्तो देखिन्छन् ।


वृहस्पतिको विशाल रातो धब्बा

वृहस्पतिको एउटा ठूलो रातो धब्बा छ । यसलाई ग्रेट रेड स्पट भनिन्छ । यो स्पटको व्यास १६ हजार किलोमिटर छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही