2026-10-25 03:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तनुश्रीको खुलासा- कैयौं पटक हत्या प्रयास भयो

एजेन्सी | बलिउड अभिनेत्री तनुश्री दत्ता प्रायः सामाजिक सञ्जालमा चर्चाको विषय बन्छिन् । फिल्म उद्योगमा पहिचान बनाएर मूलधारबाट टाढिएकी उनी लामो समयदेखि यौन उत्पीडन मामलामा बोलेका कारण चर्चामा छिन् । उनले अहिले पुनः आफूमाथि कैयौं पटक हत्या प्रयास भएको खुलासा गरेकी छन् ।

उनले एक अन्तरवार्तामा यो कुराको खुलासा गरेकी हुन् । ‘म उज्जैनमा हुँदा मेरो कारको कैयौं पटक ब्रेक फेल गराइयो । जसकारण म एक भयानक कार दुर्घटनामा परेँ। त्यो दुर्घटनामा मेरो शरीरबाट धेरै खुन बग्यो र मलाई ठीक हुन निकै समय लाग्यो । मैले पिउने पानीमा पाइसन मिसाएको पाइयो’, उनले भनेकी छन् ।

उनका अनुसार घरमा काम गर्ने एक सहयोगीले आफूलाई विष सेवन गराएको दाबी गरेकी छन् । ‘मेराे एक सहयोगी थिइन् । जो मेरो घरमा काम गर्थिन् । उनी घरमा काम गर्न आएपछि म विस्तारै विस्तारै बिरामी हुन थालेँ । त्यसपछि मात्र मलाई पानीमा केही मिसाइएको अनुभव भयो’, उनले भनेकी छन् ।

तनुश्रीले दुई वर्षअघि फिल्म ‘हर्न ओके प्लीज’ को सुटिङका समयमा अभिनेता नाना पाटेकरले आफूमाथि अश्लील हरकत गरेको आरोप लगाएकी थिइन् । भारतमा ‘मीटू मुभमेन्ट’ सुरु गर्ने श्रेय तनुश्रीलाई नै जान्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने