2026-09-08 05:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तनुश्रीको खुलासा- कैयौं पटक हत्या प्रयास भयो

एजेन्सी | बलिउड अभिनेत्री तनुश्री दत्ता प्रायः सामाजिक सञ्जालमा चर्चाको विषय बन्छिन् । फिल्म उद्योगमा पहिचान बनाएर मूलधारबाट टाढिएकी उनी लामो समयदेखि यौन उत्पीडन मामलामा बोलेका कारण चर्चामा छिन् । उनले अहिले पुनः आफूमाथि कैयौं पटक हत्या प्रयास भएको खुलासा गरेकी छन् ।

उनले एक अन्तरवार्तामा यो कुराको खुलासा गरेकी हुन् । ‘म उज्जैनमा हुँदा मेरो कारको कैयौं पटक ब्रेक फेल गराइयो । जसकारण म एक भयानक कार दुर्घटनामा परेँ। त्यो दुर्घटनामा मेरो शरीरबाट धेरै खुन बग्यो र मलाई ठीक हुन निकै समय लाग्यो । मैले पिउने पानीमा पाइसन मिसाएको पाइयो’, उनले भनेकी छन् ।

उनका अनुसार घरमा काम गर्ने एक सहयोगीले आफूलाई विष सेवन गराएको दाबी गरेकी छन् । ‘मेराे एक सहयोगी थिइन् । जो मेरो घरमा काम गर्थिन् । उनी घरमा काम गर्न आएपछि म विस्तारै विस्तारै बिरामी हुन थालेँ । त्यसपछि मात्र मलाई पानीमा केही मिसाइएको अनुभव भयो’, उनले भनेकी छन् ।

तनुश्रीले दुई वर्षअघि फिल्म ‘हर्न ओके प्लीज’ को सुटिङका समयमा अभिनेता नाना पाटेकरले आफूमाथि अश्लील हरकत गरेको आरोप लगाएकी थिइन् । भारतमा ‘मीटू मुभमेन्ट’ सुरु गर्ने श्रेय तनुश्रीलाई नै जान्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित