२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदी अरबको मदिनामा भेटियो सुनको भण्डार

२०७९, ७ आश्विन शुक्रबार ०९:४६

असोज ७, काठमाडौँ | साउदी अरबले मदिना शहरमा सुन र तामाको ठूलो भण्डार भेटिएको घोषणा गरेको छ । साउदी अरबले बिहिबार मदिनामा सुन र तामाको अयस्क साइटहरु पत्ता लागेको घोषणा गरेको छ । साउदी अरबको भूगर्भ सर्वेक्षण विभागले एक सोसल मिडिया पोस्टमा सुनको अयस्क मदिना क्षेत्रमा अबा अल–राहाको सीमाभित्र पत्ता लागेको बताएको छ । यस्तै, विभागका अनुसार मदिना शहरको अबा अल रहा इलाकामा माटोमा दबेको सुन भेटिएको छ जबकी अल मदिक र वादी अल फारा इलाकाको चार स्थानमा तामाको भण्डार भेटिएको छ ।


अल अरबियाको रिपोर्ट अनुसार यो भण्डारबारे पत्ता लागेपछि देशमा लगानी बढ्नेछ जसलाई देशको विकासमा प्रयोग गरिनेछ । अधिकारीका अनुसार यसबारे पत्ता लागेपछि देशमा ५३ करोड डलरको लगानी आउनसक्छ साथै ४ हजारभन्दा बढी नयाँ रोजगारी सिर्जना हुनसक्छ ।

साउदी युवराज मोहम्मद बिन सलमानको २०३० को भिजनमा तेल–ग्यासबाहेक खानीतिर पनि जोड दिइने समावेश थियो । युवराजले अनुसन्धान र विकासलाई प्राथमिकतामा समावेश गर्नुपर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी