५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उडानमा यात्रुले परिचरलाई कुटेपछि …

९ आश्विन २०७९, आईतवार ०३:१९

असोज ९, मेक्सिको सिटी । एजेन्सी । उडानका समयमा एक यात्रुले परिचरलाई आक्रमण गरेका छन् । मेक्सिकोको लस क्याबोसबाट लस एन्जलसका लागि उडेको एक अमेरिकी एयरलाइन्सका यात्रुले परिचलाई आक्रमण गरेका हुन् । आक्रमण गर्ने यात्रुलाई आजीवन प्रतिबन्ध लगाइएको छ । बुधबार अमेरिकन एयरलाइन्सको उडान ३७७ मा उक्त घटना भएको हो । आक्रमणको भिडियो अर्का यात्रुले खिचेर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । उक्त भिडियो अहिले भाइरल भएको छ ।

वासिंगटनपोस्टका अनुसार स्थानीय समयअनुसार दिउसो साढे तीन बेज उक्त विमान एल एन्जलस विमानस्थलमा अवतरण गरेको थियो । अवतरणपछि ती यात्रुलाई संघीय अनुसन्धान व्युुरोका अधिकारीहरूले हटाएका थिए । ट्वीटरमा सेयर गरिएको ३३ सेकेन्ड लामो भिडियो क्लिपमा विमानका पुुरुष परिचरले यात्रुलाई ‘तपाइँले मलाई धम्की दिएको हो?’ भनेको सुन्न सकिन्छ । त्यति भनेर उनी अगाडि बढ्दा पछाडिबाट

सुन्तला रंगको सर्ट लगाएका यात्रु पछाडिबाट दौडिएर मुड्कीले परिचरको टाउकोमा हिर्काउछन् ।  अन्य यात्रुुले ‘ओ माइ गड’ भनेको आवाज पनि भिडियोमा सुन्न सकिन्छ । एक यात्रुले ‘तपाइँले के गरेको हो ?’ भनेर ती व्यक्तिलाई झपारेका देखिन्छन् । कुटाइ खाएका परिचरको उद्दार गर्न एयर होस्टेस आएको पनि भिडियोमा देख्न सकिन्छ । बाँकी उडानभर ती व्यक्तिले विमानका अन्य यात्रुले नियन्त्रणमा लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता