२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

प्रधानमन्त्रीको अफर छ, तर त्यो प्राथमिकता होइन : प्रचण्ड

२०७९, १० आश्विन सोमबार ०६:३०

असोज १०, चितवन | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्रीको रेसमा नरहेको बताएका छन् । प्रेस सेन्टर चितवनले आयोजना गरेको चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रचण्डले राष्ट्र र संविधानको रक्षा आफ्नो पहिलो प्राथमिकता भएको बताए ।


‘म प्रधानमन्त्रीको रेसमा होइन, लोकतन्त्रको रक्षा, राष्ट्रको रक्षा र संविधानको रक्षा मेरो पहिलो प्राथमिकता हो । आर्थिक विकास र समृद्धि मेरो पहिलो प्राथमिकता हो’, उनले भने, ‘मैले चाहेको भए २०७४ को निर्वाचनपछि पाँचै वर्ष प्रधानमन्त्री हुने अफर थियो । त्यसपछि पनि थियो । अहिले भर्खर पनि छ । तर प्रधानमन्त्री मुख्य होइन ।’

संविधान, राष्ट्रियताको रक्षा, आर्थिक विकासको वातावरण बनाउने र त्यसका निम्ति समर्पित गराउने उनले प्रतिबद्धता व्यक्त गरे । लोकतन्त्रको नयाँ परीक्षा मंसिर ४ गतेको चुनाव भएको भन्दै उनले त्यसको फैसला अब जनताको हातमा पुगिसकेको बताए । ‘चितवनका जनता सचेत छन् । राष्ट्रियता र आर्थिक विकासको पक्षमा जनता हुन्छन् भन्ने विश्वास छ’, उनले भने ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी