२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गौतम अडानी धनाढ्यको सूचीमा तेस्रो स्थानमा झरे, एकैदिन गुमाए ६.९१ अर्ब डलर

२०७९, ११ आश्विन मंगलवार ०७:४६

असोज ११, काठमाडौं | अडानी समूहका अध्यक्ष गौतम अडानीको ले एकैदिन गुमाए ६.९१ अर्ब डलर गुमाएका छन् ।  शेयर बजारमा आएको गिरावटका कारण अडानीको नेटवर्थ ५६२६२ करोड (६.९१ अर्ब डलर) ले घट्यो र उनी विश्वका शीर्ष धनाढ्याको सूचीमा तेस्रो नम्बरमा झरेका छन्। उनलाई ठूलो झट्का लागेको छ। 


ब्लुमबर्ग बिलियनियर्स इन्डेक्सका अनुसार अडानीको कुल सम्पत्ति १३५ अर्ब डलरमा झरेको छ र उनी अमेजनका संस्थापक जेफ बेजोसभन्दा तल झरेका छन्। बेजोसको नेटवर्थ सोमबार १.३६ अर्ब डलरले बढ्यो र उनी १३८ अर्ब डलरको नेटवर्थका साथ फेरि दोस्रो स्थानमा पुगेका छन्। टेस्लाका सीईओ एलोन मस्क २४५ अर्ब डलरको सम्पत्तिका साथ धनाढ्यको सूचीमा पहिलो नम्बरमा छन्।

सोमबार अडानी समूहका सूचीकृत कम्पनीहरुको सेयरमा भारी गिरावट आएको छ। यो समूहको प्रमुख कम्पनी अडानी इन्टरप्राइजेज २.२९ प्रतिशतले घटेको छ। अडानी ट्रान्समिसन ५.६५ प्रतिशत, अडानी टोटल ग्यास ४.७६ प्रतिशत, अडानी ग्रीन एनर्जी ४.८३ प्रतिशत, अडानी पोर्ट्स ५.४८ प्रतिशत, अडानी पावर इट ४.९५ प्रतिशत र अडानी विल्मार ५ प्रतिशतले घटेका छन्। यद्यपि अडानीको कुल सम्पत्ति यस वर्ष ५८.५ अर्ब डलरले बढेको छ भने बेजोसको कुल सम्पत्ति ५४.३ अर्ब डलरले घटेको छ। 

अडानीले हालै बेजोसलाई पछि पार्दै धनाढ्यको सूचीमा दोस्रो नम्बरमा पुगेका थिए तर बेजोस फेरि एकपटक अगाडि बढेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी