नरी बडु | भदौ २८, बैतडी | "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नरी बडु | भदौ २८, बैतडी | "/>

2026-06-21 02:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

उपभोक्ता हितका लागि तल्लीन बैतडीको प्रशासन


नरी बडु | भदौ २८, बैतडी | पछिल्लो उपभोक्ता हितका लागि जिल्ला प्रशासन कार्यालय बैतडी बजार अनुगमनमा तल्लीन छ ।

जिल्लाका अधिकासं ठाँउमा रहेका पसलहरुमा म्याद नागेका खाद्यवस्तु भेटिन थालेपछि उपभोक्ताको खाद्य अधिकारलाई संरक्षण गर्न जिल्ला प्रशासनले कडाइका साथ अनुगमन गरिरहेको हो । भारतबाट आयात भएका अधिकासं खाद्य वस्तुमा म्याद नगेको हुने गरेको र उक्त खाद्यवस्तु नेपालका व्यापारीहरुले उपभोक्तालाई बेच्ने गरेकाले अनुगमनलाई कडाइ गरिएको सहायक सिडिओ दिपक आचार्यको भनाई छ ।

सोमबार सहायक प्रजिअ आचार्य नेतृत्वको एक संयुक्त टोलीले भारत संग नाका जोडिएको जुलाघाट बजारबाट मात्रै २३ वटा पसलबाट २० हजार बराबरको म्यान नागेका समान बरामद गरी नष्ट गरेको छ । सबै व्यापारीहरुलाई पहिलोपटक समान जफत गर्नुका साथै सम्झाई बुझाई पनि गरिएको र दास्रो पटकपनि म्याद नागेका खाद्यवस्तु विक्रि गर्ने कार्य दोहोरीएको पाईएमा कानुन अनुसार कारवाहीको प्रक्रिया अगाडी बढाईने चेतावनी समेत दिईएको आर्चायको भनाई छ ।

“अब बजार अनुगमन नियमित रुपमा हुन्छ” आचार्यले भने । पुर्व सिडिओ लिलाधर अधिकारीले तिब्र रुपमा संञ्चालन गरेको बजार अनुगमन कार्यलाई निरन्तरता दिदै केहि महिना अगाडी सिडिओको रुपमा बैतडी आएका किशोर कुमार चौधरीपनि नागरिकको उपभोक्ता अधिकारप्रति निकै उत्तरदायि देखिएका छन् ।

यस्तै मंगलबार प्रजिअ चौधरी नेतृत्वको एक टोलिले जिल्लाको सिन्केलेक, सतबाँझ लगायतका ठाँएमा संञ्चानमा रहेका ४७ पसलहरुमा अनुगमन गरी ठुलो परिमाणमा अर्थात करीब ५५ हजार बराबरको म्याद नागेका समाग्रिहरु जफत गरी नष्ट गरीएको जिल्ला प्रशासन कार्यालय बैतडीको फेसबुकमा उल्लेख छ ।

यता केहि महिना अघिमात्र संञ्चालनमा आएको ईलाका प्रशासन कार्यालय पुचौँडीबाट  पनि मंगलबार कार्यालय प्रमुख जयबहादुर कुवरको नेतृत्वमा गएको एक टोलिले उक्त क्षेत्रका २८ पसलहरुमा अनुगमन गरी करिब ३० हजार बराबरको म्याद नागेका समान नष्ट गरेको छ ।

पछिल्लो समय चौधरीले स्वयम र सहायक प्रजिअ आचार्यलाई नियमित रुपमा बजार अनुगमनमा केन्द्रीत गरेका छन् ।म्याद नागेका खाद्यवस्तुको उपभोगले मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने भएकाले बजार अनुगमनलाई तिब्रता दिईएको प्रजिअ चौधरीको भनाई छ ।

यस्ता खाद्यवस्तुले मृगौलामा पनि समस्या ल्याउने गरेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी भुवन जोशिले बताए । कडाईका साथ गरिएको बजार अनुगमनले उक्तभोक्ता खुसि भएका छन् भने नागरिकको खाद्य सुरक्षालाई वेवास्ता गरिरहेका व्यापारीहरु सजग हुन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी कम्युनिस्टहरू निराश हुने होइन, आशावादी हुने हो: माधवकुमार नेपाल हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँ : सभापति लामिछाने रास्वपाको केन्द्रीय समिति बैठक चितवनमा सुरू एक बृद्धको हत्याको आरोप आमाछोरा पक्राउ पौडी खेल्ने क्रममा एक युवक बेपत्ता पार्टीको भविष्य, विचार र सङ्गठनात्मक शक्ति कार्यकर्ताको निष्ठा र जनताको विश्वासबाट निर्देशित हुन्छ: महेश बस्नेत रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने स्कुल बस दुर्घटना हुँदा ३२ जना घाइते बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ