२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनसेल सिम प्रयोग गर्नुहुन्छ ? यस्तो छ आकर्षक चाडपर्व योजना

१४ आश्विन २०७९, शुक्रबार ०८:३०

असोज १४, काठमाण्डाै - एनसेलले कम तथा आकर्षक ‘होम एन्ड अवे डेटा प्याक’ अफर ल्याएकाे छ । चाडपर्वकाे समयमा घरमा रहँदा होस् या बाहिर जहाँ भए पनि पनि डेटा सेवा लिन सकिने गरी एनसेलले याे अफर ल्याएकाे हाे । 

दशैँ, तिहार र छठ पर्वको अवसरमा ल्याइएको यो प्याक प्रयोग गरी ग्राहकले शुभकामना आदानप्रदान, चाडपर्वको उत्साह, उमङ्ग साट्नुका साथै आफ्ना प्रियजन र साथीभाइसँग सम्पर्कमा रहिरहन सक्ने कम्पनीकाे अपेक्षा छ । ग्राहकले यो प्याकमा करसहित मात्र ५९९ रुपैयाँमा ३० जीबी होम डेटा र ३० जीबी अवे डेटा गरी कुल ६० जीबी डेटा पाउँछन् ।

यो प्याक एनसेलले बिहीवार असोज १३ गतेदेखि सञ्चालनमा ल्याएको हो । ग्राहकले सजिलै एष्ट्रिक्स १७१२३ एष्ट्रिक्स ३० ह्यास डायल गरेर यो प्याक किन्न सक्छन् । यसैगरी एनसेल एप र एनसेलको वेबसाइटमार्फत पनि यो प्याक लिन सकिन्छ।


प्याकमा पाइने कुल ६० जीबी डेटामा ३० जीबीको होम डेटा ग्राहकले घरमा रहँदा प्रयोग गर्नका लागि पाउँछन् भने ३० जीबीको अवे डेटा घर बाहिर बाहिर जहाँ पनि चलाउन सक्छन् । यो प्याकअन्तर्गत डेटा चलाउनका लागि ग्राहकले जुन ठाउँमा रहेर यो प्याक सञ्चालन गर्दछन् त्यही ठाउँलाई होम लोकेशन मानिन्छ र अन्य ठाउँलाई अवे लोकेशन मानिन्छ ।

ग्राहकले आफ्नो आवश्यकता अनुसार आफ्नो होम प्याकको ठाउँ परिवर्तन पनि गर्न सक्ने र प्याकमा रहेको डेटाबाट फाइदा लिन सक्छन् । यो प्याक सञ्चालनमा आएपछि २८ दिनको लागि मान्य रहन्छ ।

यो डेटा प्याकको विशेषता भनेको प्याकमा रहेको डेटा खपत भइसकेपछि प्याकको समयावधि रहेसम्म पे एज यू गो (पेजी) दर लागू नहुने एनसेलले जनाएकाे छ । होम एण्ड अवे डेटा प्याकमा रहेको डेटा सकिएमा ग्राहकले कुनै पनि अन्य डेटा प्याक खरिद गरि डेटा चलाउन सक्नेछन् ।

डेटा सेवालाई अझै सुलभ बनाउँदै आफ्ना ग्राहकका लागि नेपालमा नै पहिलो पटक यस्तो नौलो तथा आकर्षक प्याक ल्याउन पाएको हर्षित रहेको एनसेलले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य