१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी चर्चित अनुहार, जसले पार्टीबाट टिकट पाएनन्

२४ आश्विन २०७९, सोमबार ०७:३४

असोज २४, काठमाडौँ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि चर्चित नेताहरूले टिकट पाएनन् । पार्टीभित्र र बाहिर पनि चर्चामा रहने नेताहरूलाई आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीले नै टिकट नदिएको हो । 


पार्टीबाट टिकट नपाएपछि केहीले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् भने केहीले युवाका लागि आफू उम्मेदवार नबनेको बताउँदै आफ्नो बचाउ गरेका छन् । 

सभामुख अग्नि सापकोटा उम्मेदवार बनेका छैनन् । उनले युवाका लागि छाडिदिएको बताए । २०७४ सालको निर्वाचनमा सिन्धुपाल्चोक १ बाट निर्वाचित उनी यसपटक उम्मेदवार नै बनेनन् । उनले आफ्ना भतिज माधव सापकाेटालाई उम्मेदवार बनाए ।

नेपाल समाजवादी पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई यसपटक चुनावी मैदानमा उत्रिएनन् । युवालाई छाडेको बताएका भट्टराईले आफ्नो निर्वाचन क्षेत्र गोरखा २ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सहयोग गर्ने भएका छन् । डा. भट्टराईले आफ्नी छोरी मानुषी यमी भट्टराईलाई काठमाडौं ७ बाट उम्मेदवार बनाएका छन् । 

यसैगरी एमालेका भीम रावल, घनश्याम भुसाल, रामवीर मानन्धर, गंगा चौधरीले टिकट पाएनन् । पार्टीले टिकट नदिएपछि भुसालले रुपन्देही १, रामवीर मानन्धरले काठमाडौं ७ र गंगा चौधरीले दाङ १ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । 

कांग्रेसका डा. मीनेन्द्र रिजाल, अमरेशकुमार सिंह, डा. रामशरण महतले पनि टिकट पाएनन् । सिंहले भने सर्लाही ४ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । रिजाल र महत समानुपातिकमा समेत परेनन् ।

माओवादीका अग्नि सापकाेटासहित कृष्णबहादुर महरा, हरिबोल गजुरेल, लीलामणि पोखरेल, देवेन्द्र पराजुली, लेखनाथ न्यौपाने, हिमाल शर्मा, हेमराज भण्डारीले पनि पार्टीबाट टिकट पाएनन् । भण्डारीले धनकुटाबाट स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । अरुले उम्मेदवारी नै दिएनन् ।

मुख्यमन्त्री भइसकेका एमालेका डोरमणि पौडेल र माओवादीका त्रिलोचन भट्टले पनि यसपटक टिकट पाएनन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री रहेका कुलप्रसाद केसीलाई पनि माओवादीले टिकट दिएन । 

एकीकृत समाजवादीका महासचिव डा. विजय पौडेल, स्वास्थ्य तथा जनसंख्यामन्त्री रहेका भवानीप्रसाद खापुङ, हीराचन्द्र केसीले पनि टिकट पाएनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट