भदौ २९, भोजपुर । नेपाल वायुसेवा निगम भोजपुरले आठौँ दिनमा मङ्गलबार एउटा उडान भरेको छ । मौसमको कारण देखाउँदै एक सातादेखि अवरुद्ध हवाई उडान मङ्गलबार सञ्चालनमा आएको हो । 

भोजपुरमा रहेको एक मात्र विमानस्थलमा गत २१ गतेदेखि कुनै पनि उडान ह"/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २९, भोजपुर । नेपाल वायुसेवा निगम भोजपुरले आठौँ दिनमा मङ्गलबार एउटा उडान भरेको छ । मौसमको कारण देखाउँदै एक सातादेखि अवरुद्ध हवाई उडान मङ्गलबार सञ्चालनमा आएको हो । 

भोजपुरमा रहेको एक मात्र विमानस्थलमा गत २१ गतेदेखि कुनै पनि उडान ह"/>

२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भोजपुरमा आठौँ दिनमा बल्ल उडान

२०७३, २९ भाद्र बुधबार ०५:१८

भदौ २९, भोजपुर । नेपाल वायुसेवा निगम भोजपुरले आठौँ दिनमा मङ्गलबार एउटा उडान भरेको छ । मौसमको कारण देखाउँदै एक सातादेखि अवरुद्ध हवाई उडान मङ्गलबार सञ्चालनमा आएको हो । 

भोजपुरमा रहेको एक मात्र विमानस्थलमा गत २१ गतेदेखि कुनै पनि उडान हुन सकिरहेको थिएन भने नियमित उडान हुन नसक्दा बिरामीलाई प्रत्यक्ष असर पुगेको थियो । मौसमकै कारण नियमित उडान हुन नसकेको वायुसेवा निगम भोजपुरका स्टेसन प्रमुख नारायण पुरीले जानकारी दिनुभयो । 

जिल्ला अस्पतालबाट उपचार हुन नसक्ने बिरामीको सुविधाका लागि विमानमा केही सिट छुट्याइने गरिएको छ, जसअनुसार विराटनगरका लागि दुई र काठमाडौँका लागि दुईजना सिफारिस गर्ने गरिएको छ । निजी वायुसेवा कम्पनी तारा एयरलाइन्सले पनि हप्तामा एक दिन काठमाडौँ उडान गर्दै आएको थियो तर सो उडान पनि विगत चार महिनादेखि बन्द रहेको छ । 

भोजपुरमा नेपाल वायुसेवा निगमले विराटनगरका लागि मङ्गलबार, बिहीबार र शनिबार तीन उडान गर्ने गरेको छ भने काठमाडौँका लागि चार उडान भर्दैै आएको छ । 

यसैबीच, अविरल वर्षाका कारण भोजपुर–लेगुवा, भोजपुर—घोरेटार, भोजपुर—दिङ्ला र भोजपुर—अन्नपूर्ण—चखेवा सडक हिलाम्मै भएपछि यातायात सञ्चालनमा अबरोध आएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश