भदौ २९, भोजपुर । नेपाल वायुसेवा निगम भोजपुरले आठौँ दिनमा मङ्गलबार एउटा उडान भरेको छ । मौसमको कारण देखाउँदै एक सातादेखि अवरुद्ध हवाई उडान मङ्गलबार सञ्चालनमा आएको हो । 

भोजपुरमा रहेको एक मात्र विमानस्थलमा गत २१ गतेदेखि कुनै पनि उडान ह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २९, भोजपुर । नेपाल वायुसेवा निगम भोजपुरले आठौँ दिनमा मङ्गलबार एउटा उडान भरेको छ । मौसमको कारण देखाउँदै एक सातादेखि अवरुद्ध हवाई उडान मङ्गलबार सञ्चालनमा आएको हो । 

भोजपुरमा रहेको एक मात्र विमानस्थलमा गत २१ गतेदेखि कुनै पनि उडान ह"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भोजपुरमा आठौँ दिनमा बल्ल उडान

२९ भाद्र २०७३, बुधबार ०५:१८

भदौ २९, भोजपुर । नेपाल वायुसेवा निगम भोजपुरले आठौँ दिनमा मङ्गलबार एउटा उडान भरेको छ । मौसमको कारण देखाउँदै एक सातादेखि अवरुद्ध हवाई उडान मङ्गलबार सञ्चालनमा आएको हो । 

भोजपुरमा रहेको एक मात्र विमानस्थलमा गत २१ गतेदेखि कुनै पनि उडान हुन सकिरहेको थिएन भने नियमित उडान हुन नसक्दा बिरामीलाई प्रत्यक्ष असर पुगेको थियो । मौसमकै कारण नियमित उडान हुन नसकेको वायुसेवा निगम भोजपुरका स्टेसन प्रमुख नारायण पुरीले जानकारी दिनुभयो । 

जिल्ला अस्पतालबाट उपचार हुन नसक्ने बिरामीको सुविधाका लागि विमानमा केही सिट छुट्याइने गरिएको छ, जसअनुसार विराटनगरका लागि दुई र काठमाडौँका लागि दुईजना सिफारिस गर्ने गरिएको छ । निजी वायुसेवा कम्पनी तारा एयरलाइन्सले पनि हप्तामा एक दिन काठमाडौँ उडान गर्दै आएको थियो तर सो उडान पनि विगत चार महिनादेखि बन्द रहेको छ । 

भोजपुरमा नेपाल वायुसेवा निगमले विराटनगरका लागि मङ्गलबार, बिहीबार र शनिबार तीन उडान गर्ने गरेको छ भने काठमाडौँका लागि चार उडान भर्दैै आएको छ । 

यसैबीच, अविरल वर्षाका कारण भोजपुर–लेगुवा, भोजपुर—घोरेटार, भोजपुर—दिङ्ला र भोजपुर—अन्नपूर्ण—चखेवा सडक हिलाम्मै भएपछि यातायात सञ्चालनमा अबरोध आएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ