१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालका मौलिक तयारी खानेकुरा अब बेलायती बजारमा

२६ आश्विन २०७९, बुधबार ०८:४४

असोज २६, लन्डन | नेपालका मौलिक तयारी खाने कुरा (हिट एन्ड इट)  अब बेलायतस्थित नेपाली पसलहरुमा पाइने भएको छ।  बीबीसी मास्टर शेफका उपविजेता शेफ सन्तोष शाहको रेसिपीमा तयार गरिएका नेपालको क्वाँटी, मुस्ताङको दाल, आलु बोडी तामा, चनाको दाल र मासको दाल जस्ता तयारी खानेकुरा यसै सातादेखि बेलायतस्थित अधिकांश नेपाली पसल तथा केही भारतीय पसलमा पनि उपलब्ध हुने नेपाल फुड्सले जनाएको छ।


सोमबार ब्रिटिस संसद, हाउस अफ लर्ड्स मा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शेफ सन्तोष शाहले नेपाली खानालाई विश्वभरि चिनाउने अभियानकै रूपमा आफूले नेपाली स्वादका रेसिपी  तयार गरेको बताए।  उनले तयारी चाउचाउ पकाए जस्तै यी खाने कुरा तातो पानीमा डुबाएर सुपको रुपमा, रोटी वा भातसँग पनि खान सकिने बताए। झोल मोमोका लागि मसला र चट्नी बनाउनेतर्फ आफूहरूले काम गरिरहेको उनकाे भनाइ छ ।

नेपाल फुड्स कम्पनीका ब्रान्ड निर्देशक विकास नेपालले सुरुमा बेलायत निवासी नेपाली समुदायसम्म आफ्ना उत्पादन पुर्‍याउने र पछि भारतीय समुदाय हुँदै युरोप तथा अमेरिकालगायत विश्वभरि नेपाली तयारी खानेकुरा पुर्‍याउने आफ्नो योजना रहेको बताए ।  उनले एउटा ब्रिटिस च्यारिटी, फेज वर्ल्डवाइडसँग सहकार्य गरी नेपाल फुड फाउन्डेसन दर्ता गरिएको  र हरेक प्याकेट बिक्रीको केही अंश उक्त फाउन्डेसनमार्फत नेपालमा किसान समुदाय र तिनका बालबालिकालाई शिक्षा, प्राथमिक स्वास्थ्य सेवा तथा रोजगारीका अवसर दिलाउन उपलब्ध गराइने जनाए।

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले  नेपाली खाना, संस्कृति र व्यापार प्रवर्द्धन गर्ने यो उद्यम सराहनीय भएको बताए।  ‘नेपाल र बेलायतको व्यापार सीमित छ र हामी त्यो अरु बढोस् भन्ने चाहन्छौं,’ आचार्यले भने।  उनले यी उत्पादनलाई बेलायत मात्रै हैन संसारभरि पुर्‍याउन शुभकामना पनि दिए। नेपालका किसानहरूलाई लक्षित गरी नयाँ फाउन्डेसन सुरु गरेकोमा उनले खुसी व्यक्त गरे।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट