2026-09-07 11:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रसंघको महासभामा नेपाल निरन्तर युक्रेनको पक्षमा, रुस विरुद्ध फेरी गर्यो मतदान

असोज २७, काठमाडौं | संयुक्त राष्ट्रसंघको बुधबार बसेको ११औं आपत्कालिन विशेष सत्रमा नेपालले युक्रेनलाई साथदिँदै रुसका विरुद्ध उभिएको छ । 

११औं आपत्कालिन विशेष सत्रको १३औैं र १४औं बैठकमा ‘युक्रेनको क्षेत्रीय अखण्डताः संयुक्त राष्ट्र संघको बडापत्रका सिद्धान्तहरूको रक्षा’ प्रस्तावमा छलफल गरी मतदान गरिएको थियो । 

रुसले युक्रेनका डोनेट्स्क, खेर्सन, लुहान्स्क र जापोरिझ्झिया क्षेत्रहरूमा कथित जनमतसंग्रह गराई ती क्षेत्रलाई जर्बजस्ती आफ्नो भूमिमा गाभेपछि राष्ट्रसंघको महासभामा उक्त प्रस्तावमाथि छलफल र मतदान गरिएको थियो । 

महासभाले युक्रेनको डोनेट्स्क, खेर्सन, लुहान्स्क र जापोरिझ्झिया क्षेत्रहरूलाई रूसले गैरकानूनी रूपमा गाभ्ने प्रयासको निन्दा गरेको छ र युक्रेनको भूभागबाट आफ्ना सबै सैन्य बलहरू तुरुन्त फिर्ता गर्न माग समेत गरेको छ । 

महासभामा भएको उक्त निन्दा प्रस्तावको पक्षमा नेपालले मतदान गरेको हो । मतदानमा १४३ सदस्य राष्ट्रले प्रस्तावको पक्षमा मतदान गर्दै युक्रेनलाई साथ दिएका थिए । 

मतदानमा बेलारुस, उत्तर कोरिया, निकारागुवा, रुस र सिरिया गरी पाँच देशले प्रस्तवाको विपक्षमा मतदान गरेका थिए । बुधबार भएको मतदानमा नेपालका दुई ठूला छिमेकी भारत र चीनसहित ३५ राष्ट्र  अनुपस्थित भएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित