२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब सिमकार्ड लिन राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य, बढीमा २ वटा मात्र लिन पाइने

२०७९, २८ आश्विन शुक्रबार ०५:५०

असोज २८, काठमाडौं | अब सिमकार्ड लिन राष्ट्रिय परिचयपत्र नम्बर आवश्यक पर्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले अब सिमकार्ड लिन राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गर्न लागेको हो । 

योसँगै सिमकार्ड लिन फारम भर्नुपर्ने झन्झटबाट मुक्ति मिल्नेछ । अब राष्ट्रिय परिचयपत्र नम्बरकै आधारमा एक व्यक्तिलाई एउटा मोबाइल सेवा प्रदायकबाट बढीमा दुई वटासम्म सिमकार्ड लिने व्यवस्था मिलाइने प्राधिकरणले जनाएको छ। 

यसका लागि प्राधिकरणले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको सिस्टमसँग प्राधिकरणको सिस्टम र एमडीएमएसलाई जोड्न लागेको छ। 

अब सिमकार्ड लिन आफ्नो राष्ट्रिय परिचयपत्र नम्बर भन्नुपर्ने र त्यही नम्बर राखेर मोबाइल सेवा प्रदायकले सिमकार्ड दिन मिल्ने वा नमिल्ने प्रारम्भिक निर्णय गर्ने प्राधिकरणले जनाएको छ । 

सिमकार्ड दिन मिल्ने भएमा त्यसको जानकारी एमडीएमएसमा आउनेछ । प्राधिकरणले आगामी मंसिर १ गतेबाट पूर्ण रुपमा एमडीएमएस प्रणाली कार्यान्वयनमा लैजाने तयारी गरेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन