४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डलरको बढ्दो भाउ: जापानी येन ३२ वर्ष यताकै कमजोर किन भयो ?

२८ आश्विन २०७९, शुक्रबार ११:१९

असोज २८, काठमाडौं | जापानी मुद्रा येन अमेरिकी डलरको तुलनामा ३२ वर्ष यताकै सबभन्दा कमजोर हालतमा पुगेको छ।

अमेरिकामा अपेक्षा गरिएभन्दा तीव्र गतिमा मूल्यवृद्धि भइरहेका आधिकारिक आँकडा सार्वजनिक भएपछि जापानी येन न्यून विन्दुमा पुगेको थियो।


मुद्रा बजार अस्थिर

प्रति अमेरिकी डलर १४७.६६ येन पुगेको थियो र पछि त्यो अलिकति माथि उक्लियो।

जापानका अर्थमन्त्री शुनिची सुजुकीले मुद्रा अस्थिर बनेको विषयलाई सम्बोधन गर्न उचित कदम चालिने बताएका छन्।

एउटा दुर्लभ प्रकृतिको कारबाही गर्दै गत महिना जापानले आफ्नो कमजोर बन्दै गएको मुद्रालाई उकास्न २० अर्ब डलर खर्च गरेको थियो।

"सट्टेबाजी शैलीद्वारा निर्देशित मुद्रा बजारको अस्थिरता हामी सहने छैनौँ। निकै गम्भीरताका साथ हामी मुद्रा बजार नियालिरहेका छौँ," सुजुकीले वाशिङ्टन डिसीमा जी सेभेन समूहको बैठकपश्चात् पत्रकारहरूलाई भनेका थिए।

बजारमा हस्तक्षेप

गत महिना जापानले येनलाई उकास्न विश्व मुद्रा बजारमा हस्तक्षेप गरेको थियो।

२४ वर्षयताकै सबभन्दा कमजोर विन्दुमा येन पुगेपछि जापान सरकारले उक्त कदम चालेको थियो।

त्योभन्दा अगाडि जापान सरकारले सन् १९९८ मा मात्र मुद्रा बजारमा त्यसरी हस्तक्षेप गरेको थियो।

तर विश्लेषकहरूले चाहिँ अमेरिकाको तुलनामा जापानमा निकै कम ब्याज दर रहेसम्म यस्ता हस्तक्षेपको खासै कुनै प्रभाव नहुने बताएका छन्।

मुद्रामा चापको कारण

पछिल्ला महिनाहरूमा जापानी येनमाथि लगातार चाप बढिरहेको छ।

दुई देशका केन्द्रीय ब्याङ्कहरूले अपनाएका भिन्न नीति नै त्यसको मुख्य कारण भएको बताइएको छ।

बिहीवार अमेरिकामा प्रकाशित पछिल्ला विवरणमा त्यहाँ गत महिना अपेक्षा गरिएभन्दा धेरै उपभोक्ता मूल्य वृद्धि भएको देखियो। अर्थात् विश्वको सबभन्दा ठूलो अर्थतन्त्र मुद्रास्फितिसँग सङ्घर्षरत छ।

सेप्टेम्बरसम्मको १२ महिनामा त्यहाँको महँगी वा मुद्रास्फिति दर ८.२% रह्यो जुन अगस्टको ८.३% भन्दा केही मात्र कम थियो।

अमेरिकाको फेडरल रिजर्भ (केन्द्रीय ब्याङ्क)ले मुद्रास्फितिलाई कम गराउन चालेका कदमले डलरको भाउ बढिरहेको छ।

महँगीसँग जुझ्न फेडरल रिजर्भले निरन्तर ब्याज दर बढाइरहेको छ। यसले लगानीकर्ताहरूका निम्ति डलर झन् झन् आकर्षक बनेको छ।

जबकी ब्याङ्क अफ जापानले चाहिँ ब्याज दर कम पारिरहेको छ।

डलरको बढ्दो शक्तिका कारण पाउण्ड र युरोजस्ता अन्य मुख्य अन्तर्राष्ट्रिय मुद्राहरूको मूल्यमा पनि प्रभाव परिरहेको छ। बिबिसिबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ