२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सूचना तथा सञ्चार क्षेत्रको सुदृढीकरणका लागि विकास समितिको निर्देशन

२९ भाद्र २०७३, बुधबार ०७:१७

भदौ २९, काठमाडौँ । व्यवस्थापिका–संसद्को विकास समितिले सूचना तथा सञ्चार क्षेत्रको सुदृढीकरण र ग्रामीण दूरसञ्चार विकास कोषको सदुपयोगलगायतका विषयमा विगतमा दिएका निर्देशनको प्रभावकारी कार्यान्वयनका लागि आज पुनःनिर्देशन दिएको छ । 

समितिको आज सिंहदरबारमा बसेको बैठकले पत्रकारको न्यूनतम पारिश्रमिक लागू, पत्रकार आचारसंहित विशिष्टिकृत सञ्चार नीतिको कार्यान्वयन गर्न, दूरसञ्चार सेवामा गुणस्तर र प्रभावकारिता वृद्धि गर्न पनि निर्देशन दिएको छ । 

सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्की, सचिव दिनेशकुमार थपलियासहितका अधिकारीसँगको छलफलपछि सो निर्देशन दिइएको हो । 

समितिका सभापति रवीन्द्र अधिकारीले भन्नुभयो, “सञ्चार क्षेत्रमा दिइएका निर्देशनको प्रगति सन्तोषजनक भए पनि ग्रामीण दूरसञ्चार कोषको सदुपयोग नहुँदा गम्भीर चिन्ता पैदा भएको छ । अर्को बैठकमा आउँदा त्यसलाई उत्पादक क्षेत्रमा खर्च गरी अस्पताल, विद्यालयजस्ता सामाजिक क्षेत्रमा दूरसञ्चारको सर्वसुलभ पहुँच पुगेको हुनुपर्छ ।” सो कोषमा करिब रु साढे १२ अर्ब रकम छ । 

सो अबसरमा मन्त्री कार्कीले समिति र मन्त्रालयका बीच उचित समन्वय हुनुपर्ने भन्दै सार्वजनिक संस्थालाई सेवामुखी, प्रतिस्पर्धी र गुणस्तरीय बनाउन नसकिए समाजवादको लक्ष्य बोक्नुको अर्थ नहुने बताउनुभयो । 

उहाँले सार्वजनिक क्षेत्रमा निजी क्षेत्रको प्रवेश दिनु समाजवादको मर्मविपरीत भएकाले सार्वजनिक संस्थालाई नै प्रभावकारी बनाउन आफूले जोड दिने उल्लेख गर्नुभयो । 

मन्त्री कार्कीले नेपाल टेलिभिजन र रेडियो नेपाललाई सार्वजनिक प्रसारण सेवा ९पिएसबी० मा रुपान्तरण गर्न सबैको सहयोगको अपेक्षा पनि व्यक्त गर्नुभयो । 

सचिव थपलियाले सरकारी स्वामित्वमा रहेका सञ्चारमाध्यममा श्रमजीवी पत्रकारको वृद्धि भएको न्यूनतम पारिश्रमिक ९मासिक रु १९५०० लागू भइसकेको र निजी क्षेत्रमा केही जटिलता रहेको जानकारी दिनुभयो । 

उहाँले पारिश्रमिक नपाउने पत्रकारले पनि उजुरी दिने स्थिति भएमा अनुगमन गरी कारबाही गर्न सहज हुने बताउनुभयो । मन्त्रालयले सोको अनुगमनका लागि छापा, टेलिभिजन र एफएमका लागि अलग अलग तीन समिति बनाई अनुगमन गर्ने तयारी गरेको सचिव थपलियाले जानकारी दिनुभयो । 

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले कोषको सदुपयोग गरी दूरसञ्चार क्षेत्र सुधार्न पेस गरेको कार्यायोजना मन्त्रालयबाट स्वीकृत भइसकेको जानकारी दिनुभयो । 

नेपाल टेलिकमका निमित्त प्रबन्ध निर्देशक सूर्यभक्त पोखरेलले सेवामा प्रभावकारिता ल्याउन विभिन्न सुधारका कार्यक्रम लागू गरिएको बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट